नेइमारबिनाको पिएसजी फेरि जितविहिन

एजेन्सी। १४ खेल जितेपछि ब्रेक लागेको पेरिस सेन्ट–जर्मेन (पिएसजी) लगातार दोस्रो खेलमा बराबरीमा रोकिएको छ । फ्रेन्च लिग वान अन्तर्गत बुधबार राति भएको खेलमा पिएसजी स्ट्रासबर्गसँग १–१ को बराबरीमा रोकिएको छ । 

 

अवे मैदानमा भएको खेलमा पिएसजी पहिलो हाफमा पछि परेको थियो । ४० औँ मिनेटमा पाएको पेनाल्टीमा लालाले गोल गर्दै स्ट्रासबर्गलाई अग्रता दिलाए । 

null

७१ औँ मिनेटमा पिएसजीले पेनाल्टी पायो, त्यसमा एडिन्सन काभानीले गोल गर्दै पिएसजीलाई हारबाट जोगाए । स्ट्रासबर्गका खेलाडीले केलियन एमबाप्पेलाई फउल गरेपछि पिएसजीले पेनाल्टी पाएको थियो । 

यो खेलमा नेइमार मैदानमा थिएनन् । अघिल्लो खेलमा गोल गरेपछि चोटग्रस्त भएर मैदानबाट बाहिरिएका नेइमार यो खेलमा मैदान फर्किन सकेनन् । 

बराबरीपछि शीर्ष स्थानको पिएसजीको १६ खेलबाट ४४ अंक भएको छ । उ दोस्रो स्थानको लिले भन्दा १४ अंकले अघि छ । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *