‘मन्त्री विष्टले भेन्डर परिवर्तन गर्न खोज्दा मलेसिया कामदार पठाउन रोकियो’

मंसिर १८, काठमाडाैं । बैदेशिक राेजगारीका लागि मलेशिया खाेल्न नसक्नुमा बिभागिय मन्त्री र सरकारकै कमजाेरी रहेकाे नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाकाे दावि छ । साेमबार सामाजिक सञ्जाल फेसवुकमा एउटा पाेस्ट प्रकाशित गर्दै डा. काेइरालाले उक्त कुरा दावि गरेका हुन् । 

मलेसियासँगको श्रम सम्झौतापछि पनि नियोजित रुपमा रोजगारका लागि कामदार मलेसिया पठाउने काम अगाडि नबढ्नु दुर्भाग्यपूर्ण भएको भन्दै उनले यसकाे जिम्मेवार सरकार र बिभागिय मन्त्री भएकाे जिकिर गरे । 

‘श्रम सम्झौतापछि पनि कामदार मलेसिया पठाउन बिलम्ब हुनु बिभागीय मन्त्री तथा सरकारको कमजोरी पनि हो ।’ उनले भनेका छन् । डा. काेइरालाले श्रम मन्त्री गाेकर्ण विष्टले निहित स्वार्थका लागि सम्झाैता विपरित भेन्डर चेञ्ज गर्न लागेकाे समेत अाराेप लगाएका छन् । 

null

उनले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले निहीत स्वार्थका लागि सहमति गरेको १ महिना बितिसक्दा पनि कामदार मलेसिया नपठाएको भन्दै ‘श्रममन्त्रीले निहीत स्वार्थका लागि सम्झौताका बिरुद्ध गएर भेन्डर चेन्ज गरी आफूनिकटलाई दिन लागिपरेको समाचार सार्वजनिक भैरहेको सन्दर्भमा तत्कालै यसको छानबिन होस् र पुर्वसहमति अनुसार मलेसिया पठाउने प्रक्रिया तत्कालै शुरू गरियोस् ।’ भनेका छन् । 

https://www.facebook.com/Dr-Shekhar-Koirala-443769992469091/ 

हेर्नुहाेस उनकाे पाेस्ट 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *