सगरमाथा इन्स्युरेन्सको स्मार्ट कार्ड अब बिराटनगरमा

पुस १०, बिराटनगर । सगरमाथा इन्स्युरेन्स कम्पनीले मंगलबारदेखि प्रदेश १ मा ‘भिआईपी अन द स्पोट’ स्मार्ट कार्ड सञ्चालनमा ल्याएको छ । उपत्यकामा यसअघि नै सञ्चालनमा रहेको सो कार्ड अब बिराटनगरमा पनि वितरण गर्न सुरु गरिएकाे छ । 

सवारी साधन को बीमालाई लक्षित गरी ल्याईएको सो कार्डले सवारी साधनको सम्पूर्ण बीमा प्रमाणको काम गर्ने सगरमाथा इन्स्युरेन्स कम्पनी बिराटनगर शाखाका प्रबन्धक नारायण गौतमले जानकारी दिए । उनका अनुसार उक्त कार्डमा रहेको टोल फ्री नम्बर हप्ताको ७ दिन २४ घन्टा नै सुचारु रहन्छ । 

टोल फ्री नम्बरमा फोन गरि दुर्घटनाको जानकारी गराइ अन दि स्पोट सेवा लिन सकिने समेत उनले बताए । उक्त सेवाका लागि अतिरिक्त बीमा शुल्क नलाग्ने बताइएको छ । उक्त ‘भिआईपी अन द स्पोट’ अन्तर्गत पर्ने बीमा दावी सरल प्रकृया द्वारा तुरुन्त भुक्त्तानी हुने समेत उनको भनाई छ 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *