इपिएल क्रिकेटमा आज विराटनगर र पोखरा तथा चितवन र भैरहवा भिड्दै

काठमाडौं । तेस्रो संस्करणको टिभिएस एभरेष्ट प्रिमियर लिग (इपिएल) टी-२० क्रिकेट अन्तर्गत आज दुई खेल हुँदैछन्। 

किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा मंगलबार विराटनगर वारियर्स र पोखरा राइनोज तथा चितवन टाइगर्स र भैरहवा ग्लाडीयटर्सबीच प्रतिस्पर्धा हुनेछ । 

मंगलबार हुने पहिलो खेलमा पारस खड्काको कप्तानीमा रहेको विराटनगर र केली कोएट्जरको पोखराबीचको खेल बिहान ९ बजे सुरु हुनेछ । 

null

पोखराविरुद्ध मैदान उत्रदा साविकको विजेता समेत रहेको विराटनगर लगातार दोस्रो जितको खोजीमा हुनेछ । विराटनगरले पहिलो खेलमा ललितपुर प्याट्रीयट्सलाई पराजित गरेको थियो । 

यता, पोखरा भने गर या मरको स्थितिमा रहेको छ । अघिल्ला दुई खेल गुमाइसकेको पोखरालाई अघिल्लो चरणको यात्रा तय गर्न जित्नै पर्ने बाध्यता रहेको छ । विराटनगरविरुद्ध पराजित भएमा पोखराको गणितीय सम्भावना मात्र रहन्छ । पोखरा पहिलो खेलमा भैरहवा र दोस्रो खेलमा ललितपुरसंग पराजित भएको थियो । 

यस्तै मंगलबार हुने दोस्रो खेलमा शरद भेषावकरको भैरहवा र पृथु बास्कोटाको चितवनबीच खेल हुनेछ । दुई टोलीबीचको खेल अपरान्ह १ बजे सुरु हुनेछ । 

चितवनविरुद्ध मैदान उत्रदा भैरहवा लगातार दोस्रो जितको योजनामा हुनेछ । साबिकको उपविजेता समेत रहेको भैरहवाले पहिलो खेलमा पोखरालाई हराएको थियो । 

चितवन भने पहिलो जितको खोजीमा हुनेछ । अघिल्ला दुई खेल गुमाएको चितवनलाई भैरहवाविरुद्ध जित्नै पर्ने बाध्यता छ । भैरहवाविरुद्धको खेल गुमाए चितवनको दोस्रो चरणको यात्रा गणितीय मात्र बाँकी रहेनेछ । 

चितवन पहिलो खेलमा ललितपुर र दोस्रो खेलमा काठमाडौंसंग पराजित भएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *