अफगानिस्तानको झडपमा आठ प्रहरी मारिए

मंसिर २५, अफगानिस्तान । अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा भएको एक झडपको क्रममा कम्तीनमा ८ प्रहरी अधिकारी मारिएका छन् । 

यस झडपको क्रममा ११ तालिबान लडाकू् पनि मारिएका छन् । एक स्थानीय अधिकारीले मङ्गलबार सो जानकारी दिएका छन् । 

कान्दाहार प्रान्तको आर्घीस्तान जिल्लाको सनदार्ज इलाकामा रहेको एक प्रहरी चौकीमा अज्ञात सङ्ख्यामा आएका सशस्त्र लडाकूहरुले आक्रमण गरेका थिए । 

null

सो आक्रमणमा क्रममा सरकारी सुरक्षाबल र लडाकूबीच भीषण झडप भएको प्रान्तीय सरकारका प्रवक्ता आजिज अहमद आजिजले सिन्ह्वा समाचार समितिलाई जानकारी दिएका छन् । 

तालिबान लडाकू समूहको बलियो पकड रहेको कान्दाहार प्रान्तमा हाल सुरक्षा व्यवस्थामा राम्रो सुधार आएको छ । तर पनि तालिबान लडाकू समूहले सरकारले सुरक्षा बढाएको प्रान्तहरुमा बारम्बार आक्रमण गर्दै आएका पाइन्छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *