नेतृत्वको अकर्मण्यताका कारण पूर्वाञ्चल विश्वविद्यालयकाे प्रगति हुन सकेनः शेखर कोइराला

 

पुस १५, काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पूर्वाञ्चल विश्वविद्यालयले उल्लेख्य प्रगति गर्न नसकेको टिप्पणी गरेका छन् । 

उपकुलपतिको निगरानीबाहिर विश्वविद्यालय भएका कारण विकास हुने नसकेको स्पष्ट पार्दै नेता काेइरालाले विश्वविद्यालयको केन्द्रीय कार्यालय विराटनगरबाट गोठगाउँ सारिनुपर्ने बताए । 

null

‘केन्द्रीय कार्यालय एकातिर र विश्वविद्यालय अर्कातिर हुँदा उपकुलपतिको निगरानीबाहिर भयो । मेडिकल शिक्षाका क्षेत्रमा सोचेजति प्रगति भएन । त्यसैले गोठगाउँबाटै प्रशासनिक कार्य सम्पादन हुनुपर्छ’, उनले भने । 

काँग्रेस नेता कोइरालाले सँगै सञ्चालनमा आएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको दाँजोमा पूर्वाञ्चल विश्वविद्यालय पछाडि परेको बताए । 

उनले बीपीमा आफू उपकुलपति हुँदा बिदाको समयमा प्रतिष्ठानकै बारेमा सोच्ने र कसरी गुणस्तरीय मेडिकल शिक्षा चलाउने भन्नेबारे छलफल गर्ने गरेको स्मरण गरे । ‘अहिलेका उपकुलपति महिनामा १ पटक पनि विश्वविद्यालय पुग्दैनन् । त्यसैले विश्वविद्यालय रचनात्मक बन्न सक्दैन’, उनले भने । 

पूर्वाञ्चल विश्वविद्यालयमा पर्याप्त सम्भावना भए पनि नेतृत्वको अकर्मण्यताको कारण त्यो सम्भावना बाहिर आउन नसकेको उनले बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − 1 =