आजबाट इपीइलः पारस खड्का र ज्ञानेन्द्र मल्ल को भारी !

मंसिर २२, काठमाडौं । आजबाट राजधानीमा टिभीएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) सुरु हुँदैछ । आजको उद्धघाटन खेलमा शनिबार ललितपुर प्याट्रियट्स र विराटनगर वारियर्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल दिउँसो १ बजेबाट टीयू क्रिकेट मैदानमा प्रतियोगिता सुरु हुने छ । 

विराटनगर वारियर्सका कप्तान पारस खड्का छन् भने ललितपुर प्याट्रियट्सको कप्तानी ज्ञानेन्द्र मल्लले सम्हाल्ने छन् । दुवै टोली पहिलो खेलमा जित निकाल्ल्दै प्रतियोगितामा सुःखद सुरुवात गर्ने सोचका साथ मैदान प्रवेश गर्ने छन् । गत संस्करणको समुह चरणको खेलमा विराटनगरले ललितपुरलाई ६ रनले हराएको थियो । 

 

null

पारस खड्का 

दुई महिना अघि सम्पन्न पोखरा प्रिमियर लिगमा पनि पारसले नेतृत्व गरेको चितवन टाइगर्सले ज्ञानेन्द्रले सम्हालेको काठमाडौं रोयल्सलाई प्ले अफमा ६ विकेट र समुह चरणको खेलमा १३ रनले पराजित गरेको थियो । मल्ललाई त्यो हारको बदला लिने अवसर पनि आजको खेल हुनेछ । 

वारीयर्स गत वर्षको च्याम्यियन्स टोली हो । विराटनगरमा हङकङका पुर्व कप्तान तथा ब्याटिङ अलराउण्डर बावर हायत, नेदरल्यान्डका पाउल भेन मिकरेन, पूर्व दक्षिण अफ्रिकी तथा हाल डच खेलाडी रोलोफ भेन डर मर्व र भारतीय स्मित पटेल विदेशी खेलाडीका रुपमा रहेका छन् । 

राष्ट्रिय टिमका अनिलकुमार शाह, करण केसी, वसन्त रेग्मी साथै आशिफ शेख विराटनगरका प्रमुख खेलाडी हुन् । हायात हङकङको खेलमा व्यस्त रहेका कारण यस खेलमा उपस्थित रहने छैनन् । 

घरेलु लिगमा उत्कृष्ट प्रर्दशन गरिरहेका भारतीय सन्नी पटेल, जयकिशन कोल्सावाला र गौरभ तोमर ललितपुरका विदेशी र मुख्य खेलाडी हुन् । यी तीनै खेलाडीले नेपाली घरेलु लिगमा उत्कृष्ट प्रर्दशन गर्दै आएका छन् । 

 

ज्ञानेन्द्र मल्ल 

राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा उत्कृष्ट प्रर्दशन गरिरहेका सन्दीप लामिछाने पनि ललितपुरबाटै खेल्ने छन् । सन्दीप सुरुवाती दुई खेल मात्र खेल्ने छन् । बिग व्यास र वंगालदेश प्रिमियर लिग खेल्नु पर्ने भएको कारण अन्य खेल नखेल्ने भएका हुन् । 

राष्ट्रिय टिमका स्पिनर ललितनारायण राजवंशी, युवा तीब्र गतिका बलर राशिद खान, आक्रमक ब्याट्सम्यान कुशल भुर्तेल, सन्दीप जोरा, सोनु तामाङ ललितपुरका प्रमुख खेलाडी हुन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *