क्यान इन्फोटेक मेलाको स्पोन्सर बुकिङ खुल्ला

बिराटनगर, मंसिर १७ । आगामी पुस १९ गते देखि बिराटनगरमा हुन लागेको क्यान इन्फोटेक मेलाको स्पोन्सर बुकिङ्ग खुल्ला गरिएको छ । 

 

कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान) मोरङको आयोजनामा हुन लागेको सो इन्फोटेक मेलाको शनिबारबाट स्पोन्सर बुकिङ्ग खुल्ला गरिएको हो । सो मेलाको लागि पहिले आउने प्रायोजकलाई प्राथमिकता दिईने छ भने मेलाको स्टल २४ घण्टा अघि तयार गरिसक्नुपर्ने छ । 

null

जुनसुकै वर्गका प्रायोजकहरुले सम्झौता भन्दा अगाडि नै कम्प्युटर एशोसिएसन नेपाल महासंघ मोरङलाई प्रस्ताव अनुसार प्रायोजनको सम्पुर्ण रकम अग्रिम भुक्तानी गर्नुपर्ने उल्लेख छ । विश्वमा सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा भएको विकास तथा नयाँ–नयाँ प्रविधिको बारेमा जानकारी गराउने उद्देश्यले बिराटनगरको जैन भवनमा ५ दिनसम्म हुने सो इन्फोटेक प्रदेश १ कै बिशाल र भव्य हुने जनाइएको छ । 

क्यान इन्फोटेक मेलामा क्यानका सदस्य संस्थालगायत विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय सुचना तथा सञ्चार प्रविधिसम्बन्धि कम्पनीहरुको सहभागिता रहने छ । २३ गतेसम्म चल्ने मेलामा सहभागिमध्ये केही भाग्यमानीलाई दुबई भ्रमणको अवसर समेत मिल्नेछ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *