सलाहको ह्याट्रिक, लिभरपुल शीर्ष स्थानमा

एजेन्सी । लिभरपुल इंग्लिश प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार भएको खेलमा बर्नेमाउथलाई ४ – ० गोल अन्तरले पराजित गर्दै लिभरपुल लिगको शीर्ष स्थानमा उक्लिएको हो ।  

लिभरपुलको जितमा मोहमद सलाहले ह्याट्रिक गरे । लिभरपुलले एक गोल आत्मघाती उपहार पाएको थियो । बर्नेमाउथका स्टिभ कुकले एक आत्मघाती गोल गरे ।  

 

null

घरेलु टोली बर्नेमाउथविरुद्ध लिभरपुलले खेलको २५ औं मिनेटमा मोहमद सलाहको गोलबाट अग्रता बनाएको थियो । खेलको ४८ औं मिनेटमा सलाहले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई २ – ० को अग्रता दिलाए ।  

खेलको ६८ औं मिनेटमा कुकले आत्मघाती गोल गरेपछि लिभरपुलको अग्रता तेब्बर बन्यो । त्यसपछि खेलको ७७ औं सलाहले व्यक्तिगत तेस्रो तथा ह्याट्रिक गोल गर्दै टोलीलाई ४ – ० को सहज जित दिलाए । 

 

बर्नेमाउथविरुद्ध ह्याट्रिक गरेसंगै सलाह लिभरपुलका लागि प्रिमियर लिगमा सर्वाधिक कम खेलमा ४० गोल पुरा गर्ने खेलाडी बनेका छन् । उनले ५२ खेलमा ४० गोल गरेका हुन् । उनले फर्नान्डो टोरेस ६० खेलमा ४० गोल गर्दै बनाएको कीर्तिमान भंग गरेका हुन् । 

जितसंगै शीर्ष स्थानमा उक्लिएको लिभरपुलले १६ खेलबाट ४२ अंक जोडेको छ । लिभरपुलले म्यानचेस्टर सिटीलाई एक अंकले पछि पार्दै शीर्ष स्थान कब्जा गरेको हो । 

 

एक खेल खेलेको सिटीले ४१ अंक जोडेको छ । सिटीले आजै राति चेल्सीसंग खेल्दैछ । चेल्सीलाई हराएमा सिटी पुनः शीर्ष स्थानमा उक्लने छ । बर्नेमाउथ २३ अंक जोडेर सातौं स्थानमा छ । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *