नेकपामा ४ सय ४१ सदस्यीय जम्बो केन्द्रीय कमिटी अझै बढाउनुपर्ने माग

काठमाडौं । सत्तारुढ नेकपामा केन्द्रीय कमिटीको संख्या बढाउनुपर्ने माग आएको छ । एमाले–माओवादी एकतापछि ४ सय ४१ सदस्यीय जम्बो केन्द्रीय कमिटी बनेको छ । अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालको साझा दस्तावेजमाथि फरक प्रस्ताव राख्दै सचिवालय सदस्य वामदेम गौतमले संख्या बढाउन माग गरेका हुन् । 

हालको केन्द्रीय कमिटीमा ७७ जना थपी ५ सय ११ सदस्यीय बनाउनुपर्ने उनको प्रस्ताव छ । यसरी थपिनेमा महिला हुनुपर्ने पनि उनको प्रस्तावमा रहेकोे खबर अन्नपूर्ण पोष्टमा छ।  

राजनीतिक दल दर्तासम्बन्धी कानुनमा दलले पार्टीका सबै तहमा एक तिहाई महिला प्रतिनिधित्व अनिवार्य गराउनुपर्ने उल्लेख छ । तर नेकपा केन्द्रीय कमिटीमा ७२ जना मात्रै महिला छन् । यो १७ प्रतिशत हो । गौतमले केन्द्रीय कमिटीअन्तर्गतका संरचना परिवर्तनको माग गरेका छन् । 

null

गौतमले पोलिटब्युरो १ सय ७१, स्थायी कमिटी ५७ र केन्द्रीय सचिवालय १९ जनाको बनाउन प्रस्ताव गरेका छन् । नेकपामा पोलिटब्युरो गठन भएको छैन । स्थायी कमिटी ४५ जनाको छ भने सचिवालय ९ जनाको । गौतमको प्रस्ताव जारी स्थायी कमिटी बैठकमा छलफल हुनेछ । 

‘अध्यक्षद्वयको प्रस्तावसँगै उहाँ (गौतम) को फरक मतमा पनि छलफल हुन्छ’, स्थायी कमिटीका एक सदस्यले भने, ‘गौतमको संगठनात्मक आकार बढाउने प्रस्ताव स्थायी कमिटीले सही ठह¥यायो भने बढ्न सक्छ ।’ 

गौतमले पार्टीका केन्द्रीय सदस्यको कार्यविभाजनमा पनि छुट्टै प्रस्ताव गरेका छन् । प्रत्येक जिल्लामा एक जना इन्चार्जका दरले ७७, १ मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लामा २ जनाका दरले ६८, २ वा त्यसभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका ४३ जिल्लामा एउटा निर्वाचन क्षेत्रमा एकका दरले १ सय ३१ जनागरी जम्मा १ सय ९९ जना केन्द्रीय सदस्यलाई अनुगमनकर्ताका रूपमा तोक्न गौतमले माग गरेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *