रियल मड्रिडको कठिन जित, अंक तालिकामा सुधार

एजेन्सी । स्पेनिस ला लिगामा रियल मड्रिडले कठिन जित निकालेको छ । आइतबार राति भएको खेलमा रियलले हुएस्का माथि उसकै मैदानमा १-० को जित निकालेको हो । 

 

रियलको जितमा ग्यारेथ बेलले निर्णायक गोल गरे । खेलको आठौं मिनेटमा अलभारो ओड्रिजोलाको पासमा बेलले गरेको गोल नै रियलको जितमा निर्णायक बन्यो । 

null

 

त्यसपछि रियलले आक्रमणको प्रयास गरेपछि गोल गर्न भने असफल रह्यो । जितसँगै १५ खेलबाट २६ अंक जोडेर रियल अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ । जुन शिर्ष स्थानको बार्सिलोना भन्दा ५ अंक कम हो । 

 

दोस्रो स्थानमा रहेको सेभिल्ला र तेस्रो स्थानमा रहेको एट्लेटिको मड्रिडले समान २८ अंक जोडेका छन् । ७ अंक जोडेको हुएस्का भने तालिकाको पुछारमा छ । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *