रहेनन् चर्चित लोकगायक बुद्धि कृष्ण लामिछाने

 

पुस १३, काठमाडौँ । अग्रज लोक श्रष्ठा बुद्धि कृष्ण लामिछानेको निधन भएको छ ।  

भक्तपुर जिल्लाको बागेश्वरी गाविस वडा नं ३ मा वि.सं २०१५ साउन १ गते जन्मिएको उनको ६६ वर्षको उमेरमा शुक्रबार आफ्नै घरमा निधन भएको हो । लामिछानेलाई उनको गीत घाँस काट्ने खुर्केरले आम जनमानसमा परिचित गराएको थियो । 

null

उनले लोक गायकको रुपमा लामो समय सम्म रेडियो नेपालमा पनि योगदान दिएका छन् । उनले हिजो आजका कुरा, तितो सत्य लगायतका नेपाली टेलिशृङ्खलाहरुमा पनि अतिथी भूमिका निर्वाह गरेका छन् । उनले नेपाली सेनामा पनि योगदान दिएका छन् । 

उनको घाँस काट्ने खुर्केर आयो जोवन हुर्केर, गाई त बाध्ने पाटको दाम्लो, बाखरी बाखरी बाँध्ने डोरीले मैले के गर्नु, पिँडिमा बसेर मेरै बाटो हेरेर मेरी आमा रुँदी हुन् मलाई सम्झेर लगायतका गीतहरु निकै चर्चित छन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *