गौशालामा महिलामाथि खुकुरी प्रहार, भारतीय नागरिक पक्राउ

मंसिर १८, काठमाडौँ । काठमाडौँको गौशालामा एक नेपाली महिलामाथि खुकुरी प्रहार भएको छ । सर्लाहीको हरिवन घर भइ हाल गौशाला बस्दै आएकी ३० वर्षीया प्रमिला वाग्लेमाथि एक भारतीय नागरिकले खुकुरी प्रहार गरेका हुन् । 

घटना भएलगत्तै प्रहरीले भारतको बिहार घर भई हाल काठमाडौँ तिलगंगा बस्ने १८ वर्षीय आनन्द कुमारलाई नियन्त्रणमा लिएको छ । 

खुकुरी प्रहारबाट प्रमिला घाइते भएकी र चाबहिलस्थित ओम अस्पतालमा उनको उपचार भइरहेको प्रहरीले जनाएको छ । 

null

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *