जडिबुटीबाट हतियारसहित घैंटे समूहका तीन जना प्रहरी नियन्त्रणमा

 

पुस १५, काठमाडौँ । प्रहरीले लुटपाटमा संलग्न गुण्डा नाइके घैंटे समूहका तीन जनालाई नियन्त्रणमा लिएको छ । 

काठमाडौँ महानगर ३२ जडिबुटीस्थित गणेशमाया श्रेष्ठको घरमा पेस्तोल देखाएर लुटपाट गर्दै गरेको अवस्थामा महानगरीय प्रहरी प्रभाग कोटेश्वरको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । 

null

धादिङ्ग गल्छी घर भई हाल कंलकी बस्ने वर्ष ३३ वर्षीय अर्जुनप्रसाद अधिकारी, सोही स्थानका २५ वर्षीय केदारप्रसाद अधिकारी र काभ्रे भुम्जु गाउँपालिका घर भइ हाल चावाहिल बस्ने अञ्जान उप्रेतीलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुको साथबाट चाइनिज पेस्तोल, एक राउन्ड गोली र खुकुरी बरामद गरिएको प्रहरीले जनाएको छ । 

पक्राउ परेका अर्जुन जग्गा कारबार गर्ने र पहिला समेत सार्वजनिक अपराधमा २ पटक सजाय पाएका व्यक्ति हुन् भने केदार नेपाल प्रहरीमा २ वर्ष र नेपाली सेनामा ३ वर्ष जागिर खाई भागेर विभिन्न अपराधिक गिरोहमा संलग्न रहँदै आएका व्यक्ति हुन् । 

पक्राउ परेका तीनै जनालाई हिरासतमा लिइ आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *