पूर्वप्रधानमन्त्री डा. तुलसी गिरीको निधन

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं वरिष्ठ राजनीतिज्ञ डा. तुलसी गिरीको मंगलबार बिहान निधन भएको छ । आफ्नै निवास बूढानीलकण्ठ भिल्लामा ९३ वर्षीय गिरीको निधन भएको पारिवारिक स्रोतले जानकारी दियो । 

मंगलबार बिहान बुढानीलकण्ठस्थित आफ्नै निवासमा ९३ वर्षको उमेरमा उनको निधन भएको पारिवारले जनाएको छ।  कलेजोको क्यान्सरका बिरामी उनी दुई दिनअघि मात्रै मेडिसिटी अस्पतालबाट ‘डिस्चार्ज’ भएका थिए। उनका श्रीमती, दुई छोरा र दुई छोरी छन्।  स्व. गिरीकी श्रीमती शाहरा योञ्जन प्राध्यापन र सञ्चार क्षेत्रमा आबद्ध छिन्।  

डा‍ तुल्सी गिरी राजाले शासन सत्ता हातमा लिएका बखत पटक पटक प्रधानमन्त्री बनाइएका व्यक्ति हुन्। २०१७ सालमा राजाले जन निर्वाचित संसद र सरकारलाई भङ्ग गरी पञ्चायती व्यवस्था लादेपछि यिनी फस्र्ट मिनिस्टर हुँदै मन्त्रीपरिषदको उपाध्यक्ष बनाइएका थिए।  

null

पछि यिनी प्रधानमन्त्री पनि बनाइए। यसअघि उनी नेपाली कांग्रेसको एकमना सरकारमा परराष्ट्र मन्त्री थिए। राजा ज्ञानेन्द्रले २०६१ माघ १९ मा देशको शासन सत्ता हातमा लिएर प्रत्यक्ष शासन शुरु गरेपछी यिनी पुनः मन्त्रीपरिषदको उपाध्यक्ष बनाइए। 

उनी नेपालमा पन्चायत ब्यबस्थाको जननी मानिन्छन् र सबैभन्दा कम उमेरमा प्रधानमन्त्री हुने ब्यक्ति पनि हुन्। उनी लामो समय देखि बिदेशमा बस्दै आएका थिए, नेपालमा माघ १९ गतेको राजनीतिक घटना पछि नेपाल आएका हुन्। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *