जाडोमा बदाम खाएर अझ स्वास्थ्य बन्नुहाेस

 

पुस ६, काठमाडौं । जाडो मौसमको सुरुवात सँगै बदाम व्यापारीहरुलाई खुब फाईदा भईरहेको छ । आजभोजी जाडोको कारण बजारमा बदामको ब्यापार एकदम बढेकाे छ । जाडो मौसममा बदाम  निकै मिठो हुनुको साथै यसले मानव स्वास्थ्य मा पनि निकै फाईदा पुर्याइरहेको छ । 

बदाम दैनिक रुपमा खाँदा शरीरमा बिभिन्न रोगहरुसँग लड्ने क्षमता बड्नुको साथै विभिन्न रोग लाग्नबाट हामीलाई बचाउँछ । बदाममा अत्याधिक मात्रामा भिटामिन, प्रोटिन तथा चिल्लो खनिज पदार्थ पाइने भएकाले शरीर स्वस्थ तथा बलियो बनाउँन मदत गर्दछ । बदाम दैनिक खाँदा हड्डी बलियो हुनुका साथै यसमा पाईने क्याल्सियम ले हामीलाई तनावबाट पनी मुक्ती दिन सहयोग गर्छ । 

null

दुब्ला,पातला मानिस तथा बालबालिकाको को लागि त झन् बदाम एकदम गुणकारी रहेको छ यसले तौल बढाउनु को साथै मानसिक विकास गर्न सहयोग पु‍र्याउँछ । यसमा प्रशस्त मात्रामा फाइबर पाईने भएकोले बदामले शक्ति बढाउनुका साथै पाचन प्रक्रिया पनि सन्तुलित बनाउन मदत गर्दछ । 

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *