भैरहवाको दोस्रो जित: चितवनको लगातार तेस्रो हार, दोस्रो चरणको यात्रा कठिन

 

मंसिर २५, काठमाडौं । एभरेष्ट प्रिमियर लिग (इपीएल) टी–ट्वान्टी क्रिकेटमा भैरहवा ग्लाडिएटर्सले लगातार दोस्रो जित हात पारेको छ । 

मंगलबार भएको खेलमा पृथु बास्कोटाको कप्तानीमा रहेको चितवन टाइगर्सलाई १२ रनले हराउँदै शरद भेषावकरको भैरहवा ग्लाडिएटर्सले दोस्रो जित हात पारेको हो । चितवनको भने यो लगातार तेस्रो हार हो । 

null

साविकको उपविजेता समेत रहेको भैरहवाले जितसँगै २ खेलबाट ४ अंक जोडेको छ । भैरहवाले पहिलो खेलमा पोखरालाई हराएको थियो । 

यस्तै भैरहवाले दिएको १४४ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको चितवनले पुरै २० ओभर खेल्दै ९ विकेट गुमाएर मात्र १३१ रन बनाउन सक्यो । 

चितवनका लागि पाउल स्टर्लिङले ३८ रन, जोन सिम्पसनले २६ रन, दिलीप नाथले १२ रन जोडे भने शाहब आलम १६ रनमा अविजित रहे । 

भैरहवाका कप्तान शरद भेषावकर र रवि इन्दर सिंहले समान २–२ विकेट लिए । 

यसअघि टस हारेर पहिले ब्याटिङ रोजेको भैरहवाले १९ ओभर ३ बलमा अलआउट हुँदै १४३ रन जोडेको थियो । भैरहवाका लागि रायन टेन डेसकाटेले ३५ रन जोड्दा प्रदीप सिंह ऐरीले २६ रन जोडे । यस्तै रबी इन्दर सिंहले २५ रन जोड्दा आरिफ शेखले १८ रन बनाए । 

चितवनका सागर ढकालले ३ तथा जर्ज स्कटले २ विकेट लिए । 

हारसँगै चितवनको दोस्रो चरणको यात्रा कठिन बनेको छ । यसअघि पहिलो खेलमा ललितपुर र दोस्रो खेलमा काठमडौँसँग पराजित भएको चितवनकोअब गणितीय सम्भावना मात्र बाँकी रहेको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *