सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा मुछिएका सञ्जेललाई साधारण तारेखमा छाड्न आदेश

माेरङ । निलम्बीत प्रहरी नायव निरीक्षक (सई) बालकृष्ण सञ्जेललाई उच्च अदालत विराटनगरले साधारण तारेखमा छाड्न बिहीबार आदेश दिएको छ । झन्डै ३८ क्वीन्टल सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणमा मुछिएका सञ्जेललाई न्यायाधीश थिरबहादुर कार्की र जनक पाण्डेको इजलासले जिल्ला अदालत मोरङको आदेश बदर गर्दै साधारण तारेखमा छाड्न आदेश दिएको हो । 

जिल्ला अदालत मोरङले गत जेठ ८ गते पूर्पक्षकालागि थुनामा राख्ने आदेश दिएपछि थुनामा रहेका सञ्जेलले गत साउन ६ गते जिल्लाको आदेश बदर गरेर आफूलाई साधारण तारेखमा छाड्नु पर्ने माग गर्दै उच्च अदालत विराटनगरमा अदालती बन्दोवस्तीको १७ नम्बर निवेदन दिएका थिए । 

२६ पटक पेसी चढेको मुद्दा १८ पटक स्थगित गरेर बिहिवार साधारण तारेखमा छाड्ने आदेश दिएको हो । उच्चले जिल्लाको आदेश वेरितको भएको ठहर गर्दै साधारण तारेखमा छाडेर मुद्दाको अनुसन्धान अघि बढाउन आदेश भएको उच्च अदालत विराटनगरका रजिस्टार नारायण रेग्मीले जानकारी दिए । 

null

रेग्मीका अनुसार बिहीबार नै सुन तस्करी प्रकरणका अर्का अभियुक्त आर के भनिने राजेन्द्रकुमार शाक्यको आदेशको मिसिल झिकाउन आदेश दिएको छ । 

सुन तस्करी प्रकरणका मुख्य अभियुक्त चूडामणि उप्रेती गोरेलाई सुन तस्करी प्रकरणमा सहयोग गर्दै आएको आरोप लागेका सञ्जेललाई गत फागुन १८ गते सनम शाक्यको हत्या भएपछि शव व्यवस्थापन गर्न आएको अर्को आरोप लागेको थियो । तस्करीको क्रममा हराएको साढे ३३ किलो सुन खोज्ने क्रममा गोरे सहितको समूहले शाक्यलाई यातना दिंदा उनको मृत्यु भएको थियो ।यही प्रकरणमा थुनामा रहेका प्रहरीका उच्च अधिकारीहरु पूर्व डीआइजी गोविन्द निरौला, एसएसपी दिवेश लोहनी, एसपी विकाशराज खनाल र डीएसपी प्रजित केसीलाई उच्च अदालतले यस अघि नै साधारण तारेखमा छाड्न आदेश दिएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *