श्री नव श्रृजनशील बचत तथा ऋण सहकारीले साधारणसभा को अवसरमा रक्तदान कार्यक्रम

 

मंसिर २३, दुहवी । सुनसरीको दुहबी ८ मा रहेको श्री नव श्रृजनशील बचत तथा ऋण सहकारी संस्था लि. को साधारणसभा सहित बृहत खुल्ला रक्तदान कार्यक्रम समपन्न भएको छ । 

संस्थाको १२ औँ वार्षिक साधारणसभा शनिवार समपन्न भएको हो । संस्थाले दुहबी वडा नम्वर ८ का वडाध्यक्ष तारिक चन्द्र सरदारको प्रमुख आतिथ्यमा वार्षिक साधारणसभा सम्पन्न गरेको हो । संस्थामा शेयर सदस्य संख्या ५५५ रहेको छ । संस्थाको वार्षिक साधारणसभाको अवसर पारेर ८ औँ पटक वार्षिक बृहत खुल्ला रक्तदान कार्यक्रम समेत गरेको छ । 

null

खुल्ला रक्तदानमा रेडक्रस सोसाईटी बिराटनगरको प्राविधिक सहयोगमा ३४ पिन्ट रगत संकलन गरिएको रक्तदान कार्यक्रमका संयोजक मेमोरी युवा क्लवका अध्यक्ष खड्गनारायण माझीले जानकारी दिए । वार्षिक साधारणसभामा संस्थाका अध्यक्ष सुदर्शन राईले संस्थाको आर्थिक वर्ष २०७४ र ०७५ को वार्षिक कार्य प्रगती प्रतिवेदन विवरण पेश गरेका थिए । संस्थाले बेरोजगार युवाहरुलाइ स्वरोजगार बनाउन उत्पादन तथा आयमुलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । 

कार्यक्रममा संस्थाले असल बचतकर्ता, असल ऋणी, सदस्यका छोराछोरीहरु उत्कृष्ट अंक ल्याइ उतीर्ण विद्यार्थीहरु, सुत्केरी सदस्य, मृतक सदस्यहरुकालागि सहयोग, पुरस्कार तथा सम्मान समेत गरेको छ । कार्यक्रममा औद्योगिक सुरक्षा गुल्म सोनापुरका प्रमुख सुर्य बहादुर खड्का, संस्थाका सदस्यहरु लगायतको उपस्थिती रहेको थियो । 

कार्यक्रममा स्वागत मन्तव्य संस्थाका संचालक सदस्य इन्दिरा निरौलाले दिएका थिईन् भने आ.व. २०७५/०७६ कालागि वार्षिक बजेट प्रस्तुत तथा कार्यक्रम सञ्चालन संस्थाका व्यवस्थापक हरि बहादुर प्रधानले गरेका थिए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *