गगन थापाले भने, द्वन्द्व र गुट नभएको पार्टी जीवन्त रहन सक्दैन

 

पुस १२, काठमाडौँ । नेपाली कांग्रेसका युवानेता गगनकुमार थापाले कांग्रेसको विधान अग्रगामी बनेको बताउँदै विधान तहः पार्टीका संरचना बनाउन र सङ्गठन सुदृढीकरणका लागि निर्धारित समयमै पार्टीको महाधिवेशन सम्पन्न गर्नुपर्ने बताएका छन् । 

बिहीबार पत्रकार सम्मेलनमा कांग्रेसले आफ्नो राजनीतिक प्रस्तावमा संविधानका मूलभूत व्यवस्थालाई स्वामित्व लिई उल्लेख गरेको बताउँदै उनले संविधानको सार्थक कार्यान्वयन गर्न पनि काङ्ग्रेसले नेतृत्व लिने स्पष्ट पारे । 

null

कांग्रेसमा गुटउपगुट मौलाएको प्रसंगमा नेता थापाले भने, ‘द्वन्द्व र गुट नभएको पार्टी जीवन्त रहन सक्दैन तर यसलाई नेतृत्वले व्यवस्थापन गर्नु आवश्यक छ ।’ 

उनले धर्मका सम्बन्धमा संविधानमा भएको व्यवस्था नै पार्टी धारणा भएको उल्लेख गर्दै सनातनदेखि चलिआएको धर्मको संरक्षण गर्नुपर्ने र धर्म परिवर्तन गराउने विषय गलत भएको टिप्पणी गरे । 

उनले कांग्रेसका संस्थापक नेता बिपी कोइरालाका पालामा विधानमा समावेशी व्यवस्था नभए पनि व्यवहारमा लागू भएको जानकारी गराउँदै उक्त व्यावहारिकतालाई हाल विधानमा समेटिएको बताए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *