ए डिभिजन लिगमा आज तीन खेल : मनाङले जावलाखेल र थ्रिस्टारले सरस्वतीसँग प्रतिस्पर्धा गर्ने

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदै छन् । आजको पहिलो खेलमा लिग लिडर मनाङ मस्र्याङ्दी क्लबले जावलाखेल युथ क्लबसँग प्रतिस्पर्धा गर्दै छ । 

एन्फा कम्प्लेक्सको मैदानमा हुने पहिलो खेल विहान ११ बजे सुरु हुनेछ । लिगको शीर्ष स्थानमा रहेको मनाङ एक मात्र सतप्रतिशत नतिजा निकालेको टिम हो । लिग लिडर मनाङको ५ खेलबाट १५ अंक रहेको छ । जावलाखेलले भने एक मात्रै जित हात पारेको छ । 

दिउँसो हलचोकस्थित एपीएफको खेल मैदानमा आजै थ्रीस्टार क्लबले सरस्वती युथ क्लबसँग प्रतिस्पर्धा गर्दैछ । साढेदुुईबजे हुने खेलमा उपाधि दावेदारी जोगाउन थ्रीस्टार जित्नै पर्ने दवावमा हुनेछ । 

null

लिगको चौथो स्थानमा रहेको थ्रीस्टारको पाँच खेलबाट चार खेलमा जित र एक खेलमा हारसहित १२ अंक छ । सरस्वती क्लबको भने पाँच खेलबाट ६ अंक रहेको छ । 

आजको अन्तिम खेलमा च्यासल युथ क्लबले हिमालयन शेर्पा क्लबसँग प्रतिस्पर्धा गर्दै छ । च्यासलको टिममा आजदेखि विमल घर्ती मगर हुने छैनन् । उनी ट्रायलका लागि बुधबार नै बेल्जियम प्रस्थान गर्दैछन् ।  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *