बाल विवाह न्यूनीकरणका लागि दुहवीमा सुझाव संकलन

मंसिर २१, दुहवी । सुनसरी जिल्लामा बाल विवाहको दर अधिक रहेको भन्दै यसको न्यूनीकरणका लागि सुझाव संकलन बिषयक १ दिने अन्तरक्रिया कार्यक्रम गरिएको छ । आवाज नेपालको आयोजनामा भएको कार्यक्रमलाई प्लान नेपालको सहयोग तथा दुहवी वडा नम्वर ६ र ओरेक नेपालको सहकार्यमा भएको हो । 

दुहवी ६ स्थित पञ्चायत आधारभुत बिद्यालयमा शुक्रवार भएको कार्यक्रममा दुहवी नगरपालिकाले बाल विवाह न्यूनीकरणका लागि नगर स्तरिय वार्षिक योजना बनाउने उदेश्यले कार्यक्रम सञ्चालन गरेको बताएको छ । कार्यक्रममा नगर वाल सञ्जाल, युवा महिला सञ्जाल, किशोरी सञ्जाल, विद्यार्थी, अभिभावक लगायतको सहभागिता रहेको थियो । 

आवाज नेपालकी अध्यक्ष मेनुका खतिवडाको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि दुहवी वडा नम्वर ६ का वडाध्यक्ष मुन्ना हलुवाइले बाल बिवाह न्यूनिकरणकालागि शिक्षामा जोड दिनुपर्ने तथा दाइजो प्रथाको अन्त्य हुँनुपर्ने र बाल बिवाह हुँने भन्ने जानकारी पाउँना साथ सम्बन्धित निकायमा खवरदारी गर्नुपर्ने बताए । हलुवाइले बिहेवारी २० वर्षपारि भनिए पनि जिल्लामा अधिकतम किशोरी बाल विवाहको सिकार हुने गरेकाले उनीहरुलाई सचेत गर्न कार्यक्रम सफल हुने बताए ।  

null

सुनसरी जिल्लामै बाल विवाहको दर अधिक रहेका कारण यसको न्यूनीकरणका लागि सरकारी तथा गैरसरकारी क्षेत्रबाट विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएको छ । किशोरीहरुलाई सामाजिक तथा आर्थिक सशक्तीकरण गर्दै बाल विवाह न्यूनीकरण र लैङ्गिक हिंसा अन्त्य गर्न यस्तो कार्यक्रम सञ्चालन गर्नुपर्ने ओरेक नेपालकी शान्ती दनुवारले बताइन । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *