विद्युत चुहावट नियन्त्रण गर्न छड्केमा पुगेका कर्मचारीमाथि कुटपिट
२०७५ मंसिर २० गते

मंसिर २०, लहान । विद्युत प्राधिकरण केन्द्र सिरहाका दुई कर्मचारीमाथि कुटपिट भएको छ ।
हुकिङ गरी विद्युत् चुहावट नियन्त्रण गर्न सिरहा नगरपालिका–१३ स्थित गम्हरीया फूलबरीयामा छड्के गर्न पुगेका दुई कर्मचारीमाथि स्थानीयवासीले कुटपिट गरेका हुन् ।
विद्युत् चोरी नियन्त्रण गर्न गए राति पुगेको टोलीलाई हेर्ने बित्तिकै भेला भएका स्थानीवासीले विद्युत् प्राधिकरणका सिनियर मिटर रिडर कामेश्वर कुसियैत र सहायक अरुण यादवमाथि कुटपिट गरेको विद्युत प्राधिकरण केन्द्र सिरहाका प्रमुख अवधेशकुमार दुवेले जानकारी दिए ।
null
फूलबरीया गमहरियाको एक घरमा मिटर वाइपास गरी पहिले चुहावट गरिरहेको सूचनाको आधारमा छड्केमा पुगेको विद्युत् कर्मचारीमाथि स्थानीयवासी पवितर यादव, घुरन यादव, श्याम ठाकुरलगायतको समूहले कुटपिट गरेका हुन् ।
कुटपिट गर्नेविरुद्ध मुद्दा चलाउने तयारी गरिएको छ ।
२०७५ मंसिर २० गते
प्रतिक्रिया
सम्बन्धित








