आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै
काठमाडौं । अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। दिवसका अवसरमा नागरिक उड्डयन प्राधिकरणले संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको उपस्थितिमा विभिन्न कार्यक्रम गर्दैछ।
दिवसका अवसरमा शुक्रबार बिहान हवाइ यातायात क्षमता अभिवृद्धि आयोजनास्थलदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म ‘वाकाथन’ आयोजना गरिएको छ। मन्त्री अधिकारीले त्रिभुवन विमानस्थलमा झण्डोत्तोलन गर्ने कार्यक्रम रहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।
सिकागो कन्भेन्सन लागू भएपछि सन् १९९४ देखि नै आइकाओ (अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण)ले यो दिवस मनाउँदै आए पनि संयुक्त राष्ट्रसंघको महासभाले १९९६ मा डिसेम्बर ७ लाई अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसको मान्यता दिएको हो। यो वर्ष दिवको नारा ‘नो कन्ट्री बिहाइन्ड लेफ्ट’ अर्थात् ‘उड्डयन क्षेत्रमा कुनै पनि देश पछि नपरुन्’ छ।
null
आइकाओमा नेपालसहित १९२ राष्ट्र सदस्य छन्। हाल नेपालमा नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल वायुसेवा निगमसहित एक दर्जन निजी कम्पनिका साना ठूला विमानहरूले बाह्य तथा आन्तरिक उडान गर्दै आएका छन्।