गणतन्त्र नाउरका राष्ट्रपति र फिलिपिन्सकि उपराष्ट्रपति चन्द्रागिरिमा

 

मंसिर १५, काठमाडौँ । गणतन्त्र नाउरका राष्ट्रपति बरोन डिभाभेसी र फिलिपिन्सकि उपराष्ट्रपति मारीया लियोनर जि रोव्रेडोले चन्द्रागिरिको अनौपचारिक भम्रण गरेका छन् । 

शनिबार उच्च सुरक्षासहित भम्रणमा पुगेका गणतन्त्र नाउरका राष्ट्रपति बरोन डिभाभेसीले नेपालको उत्कृष्ट पर्यटकीय दृष्टिकोणले चन्द्रागिरि अनुपम र पर्यटकीय हिसाबमा सुन्दर र आकर्षक गन्तव्यमा आउन पाउँदा आफूलाई ज्यादै खुशी तुल्याएको बताए । 

null

करिब १ घण्टा ४० मिनेट चन्द्रागिरिमा रहेका नाउरका राष्ट्रपति डिभाभेसीले चन्द्रागिरि हिल्सले दिएको आतिथ्यता महत्वपूर्ण र यहाँको उपस्थिति स्मरणीय रहने बताए । फिलिपिन्सकि उपराष्ट्रपति मारीया लियोनर जि रोव्रेडोले चन्द्रागिरि हिल्समा रहेको भालेश्वर मन्दिरमा पुजा अर्चना गर्दै टीका ग्रहण गरेकी हुन् । 

 

उनले करिब १ घण्टा ३० मिनेट प्राकृतिक दृष्यावलोकन गर्दै चन्द्रागिरिका मेयर घनश्याम गिरी र चन्द्रागिरि हिल्सका अध्यक्ष चन्द्र ढकालसँग त्यहाको वस्तुस्थिति बारे जानकारी मागेकी थिइन् । उनले चन्द्रागिरिको विकासको बारेमा घुमाउरो तरिकाले बाटोको अवस्था दयनिय बनेको कारण चिन्ता व्यक्त गरिन् । 

उनले चन्द्रागिरि प्राकृतिक ऐतिहासिक र भौगोलिक अवस्था बारेमा जानकारी माग्दै चन्द्रागिरिबाट देखिने मनमोहक दृश्यले आफुलाई खुप लोभ्याएको र आगामी दिनमा परिवारसँग घुम्न आउने बताइन् । चन्द्रागिरि हिल्स पुगेर आनन्द हिमाल हेर्दै रमाउँदै फोटो खिच्दै गरेकी उपराष्ट्रपति मारीयाले आगामी दिनहरूमा चन्द्रागिरिको पर्यटन विकासमा फलदायी हुने संकेत गरिन् । 

 

चन्द्रागिरि हिल्सका अध्यक्ष चन्द्र ढकालले विदेशी प्रमुखहरूको यस्तो भम्रणले नेपालको पर्यटन प्रवद्र्धनमा सकारात्मक सन्देश जाने बताए । अध्यक्ष ढकालले देशको विकास समृद्धिमा राष्ट्रप्रमुख उपप्रमुखहरूको चन्द्रागिरि हिल्सको भम्रणले समग्र पर्यटन क्षेत्रको विकासमा कोसेढुङ्गा सावित हुने बताए । 

चन्द्रागिरि नगरपालिकाको मेयर घनश्याम गिरीले उपराष्ट्रपति मारियासँग चन्द्रागिरिको वस्तुस्थिति बारे जानकारी दिए । उनले विदेशी राष्ट्रप्रमुख र उपराष्ट्र प्रमुखको स्वागत गर्न पाउनु चन्द्रागिरि नगरको सौभाग्य रहेको बताएका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *