सरकारले काम गर्न नसकेर बुद्धिजीवीलाई धम्क्यायोः प्रकाशमान सिंह

 

मंसिर २१, काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार पूर्ण रुपमा असफल भएको बताएका छन् । 

शुक्रबार काठमाडौँ क्षेत्र नं. ८ को क्षेत्रीय सभापति स्व.जुद्धरत्न बज्राचार्यको स्मृतिमा आयोजित कार्यक्रममा बोल्दै नेता सिंहले यस्तो बताएका हुन् । 

null

‘प्रधानमन्त्रीले बुद्धिजीवीहरुप्रति गरेको टिप्पणीले सरकार असफल भएको प्रमाणित भइसकेको छ, उहाँ काम गर्न नसकेर आत्तिसक्नुभयो’, उनले भने । 

साथै उनले पछिल्लो समय सत्तारुढ दलका नेताहरुका अभिव्यक्तिबाटै यो सरकारबाट पार लाग्दैन भन्ने थाहा भइसकेको भन्दै सरकार कति बलियो र प्रभावकारी छ भन्नेसमेत प्रष्ट भइसकेको बताए । 

सिंहले काठमाडौँ काङ्ग्रेसलाई बलियो बनाउन सबैको जिम्मेवारी रहेको बताए । स्वर्गीय बज्राचार्य पार्टीका लागि कुशल सङ्गठक भएको उनले भने ।  

नेता प्रकाशमानले सशक्तरुपमा सरकारको खबरदारी गरी आन्दोलनमा उत्रिन काठमाडौंका नेता तथा कार्यकर्ताहरुलाई निर्देशन समेत दिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *