प्रदेशका सांसद घर्तीको निधन

गण्डकी प्रदेशका सांसद टेकबहादुर घर्तीको निधन भएको छ। ४६ वर्षिय घर्तीको उपचारको क्रममा भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा निधन भएको परिवारिक श्रोतले जनाएको छ। 

कलेजो सम्बन्धी रोगबाट विरामी भएका घर्तीलाई एयरएम्बुलेन्सबाट मंगलबार दिल्ली लगिएको थियो।एयर एम्बुलेन्सबाट एपोलो अस्पताल पुर्‍याइएपछि सांसद घर्तीलाई अस्पतालको लिभर आइसियुमा राखेर उपचार गरिएको थियो। उनको उपचारकै क्रममा मृत्यु भएको हो। 

घर्तीलार्ई दिल्लीबाट नेपाल ल्याइँदैछ। घर्तीको १७ दिनसम्म काठमाडौंस्थित ग्राण्डी अस्पतालको आईसीयुमा राखी उपचार गरिएपछि थप उपचारको लागि दिल्ली लगिएको थियो।घर्ती बागलुङको निर्वाचन क्षेत्र नम्बर २ ‘ख’ मा वामगठबन्धनबाट निर्वाचित सांसद हुन्। 

null

उनी राष्ट्रिय जनमोर्चाको जनवर्गीय संगठन अखिल नेपाल युवक संघ बागलुङको जिल्ला अध्यक्ष, केन्द्रिय सदस्य, सल्लाहकार हुँदै राष्ट्रिय जनमोर्चाको जिल्ला सदस्य भएर काम गरेका थिए। घर्ती  हक्की, निडर स्वभावका कारण युवाहरु बिच लोकप्रिय थिए। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 17 =