काठमाडौंको तापक्रम घट्यो, यो वर्षकै कम

काठमाडौं – काठमाडौंको तापक्रम बिहीबार बिहान यो वर्षकै कम मापन गरिएको छ । बिहीबार बिहान ५ दशमलव ६ डिग्री सेल्सियसमा झरेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  

पश्चिमी वायुको प्रभावले बुधबार दिनभरी मौसम बदली भएको थियो । विहीबार पहाडी भूभागको मौसममा बदली भए पनि अरु ठाउँको मौसम भने सामान्यतया सफा रहने मौसमविद्को अनुमान छ । 

हिमाली र उच्च पहाडी क्षेत्रमा भने हिमपात हुनेछ । तर पानी पर्ने संभावना भने नरहेको मौसमविद् सुजन सुवेदीले बताउनुभयो । पानी नपर्दा औद्योगित क्षेत्र भएका ठाउँमा प्रदुषण बढेको छ ।  

null

गएको २ गते ६ डिग्री मापन गरिएको काठमाडौंको तापक्रम त्यसयता बढेको थियो । बुधबार फेरि ६ डिग्री मापन गरिएको तापक्रम बिहीबार यो वर्षकै कम ५ दशमलव ६ डिग्रीमा झरेको हो ।  

जुम्लाको तापक्रम हिजो माइनस ४ डिग्री मापन गरिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − 2 =