राष्ट्रियसभा नियमावली संशोधन गर्न ९ सदस्यीय मस्यौदा समिति गठन

१३ पुस, काठमाडौं । राष्ट्रियसभा नियमावली, २०७५ संशोधनका लागि ९ सदस्यीय मस्यौदा समिति गठन भएको छ । राष्ट्रियसभाको शुक्रबार बसेको बैठकले १५ दिनभित्र मस्यौदा बुझाउने गरी समिति गठन गरेको हो । 

राष्ट्रियसभाको शुक्रबार बसेको बैठकले १५ दिनभित्र मस्यौदा बुझाउने गरी समिति गठन गरेको हो । 

मस्यौदा समितिमा जितेन्द्र नारायण देव, जीवन बुढा, दिलकुमारी रावल थापा पार्वती, परशुराममेघी गुरुङ, रामनारायण विडारी, विद्यादेवी आले राना, वृषेशचन्द्र लाल, प्रमिला कुमारी र शेरबहादुर कुँवर रहेका छन् । 

null

राष्ट्रियसभा बैठकले राहदानी विधेयक, २०७५ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्विकृत गरेको छ । त्यसअघि परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले विधेयकमाथि उठेको प्रश्नको जवाफ दिँदै राहदानी विधेयक चाँडो पारित गर्न आवश्यक रहेको धारणा राखेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *