प्रधानन्यायाधीश सिफारिस नगरी सकियो संवैधानिक परिषद्को बैठक

मंसिर १७, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नयाँ प्रधानन्यायाधीश सिफारिस गर्न सोमबार बोलाएका संवैधानिक परिषद् बैठक विना निष्कर्ष टुंगिएको छ । 

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको परिषद्मा थप छलफल गरेर आउँदो शनिबार निर्णय गर्ने भन्दै बैठक सरेको हो । 

यसअघि अस्विकृत भएका दिपकराज जोशी र चोलेन्द्र शमशेर राणा यसको दौडमा छन् । उनीहरुको नाम संवैधानिक परिषदमा सिफारिस भैसकेको छ । 

null

प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले उमेर हदले आगामी पुस १७ मा अनिवार्य अवकाश पाउँदैछन् । त्यसअघि नै प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया पूरा गर्न सोमबार परिषद् बैठक बोलाइएको थियो । तर यस विषयमा कुनै निर्णय हुन सकेन । 

न्याय परिषद्ले एक साताअघि नै प्रधानन्यायाधीशका लागि योग्यता पुगेका दुई न्यायाधीश दीपकराज जोशी र चोलेन्द्रशमशेर राणाको नाम संवैधानिक परिषद्लाई बुझाएको छ। जोशी भने यसअघि सिफारिस भई संसदीय सुनुवाइ समितिबाट अस्वीकृत भएका थिए। 

प्रधानन्यायाधीश हुन सर्वोच्चमा तीन वर्ष न्यायाधीश भइसकेको व्यक्ति हुनुपर्ने संवैधानिक व्यवस्था छ। जोशी र राणाबाहेक अरू न्यायाधीशको उक्त योग्यता पुगेको छैन। 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकमा विभिन्न आयोगहरुको अध्यक्ष तथा सदस्यहरुको नियुक्तिका विषयमा पनि छलफल हुने विषयसूची थियो। बैठकमा छलफलका लागि १० वटा विषयसूची तय भएका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *