धरान उपमहानगरपालिकाले धरानका मेडिकलको लगत राख्न थाल्यो

मंसिर २३, धरान । धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले धरानमा रहेका मेडिकल पसलहरुको लगत राख्न सुरु गरेको छ । उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले गत भदौबाट लगत राख्न सुरू गरेको हो । हालसम्म धरानका ३५ वटा मेडिकल सेन्टरहरू दर्ता भएको स्वास्थ्य महाशाखाका प्रमुख घनश्याम सिग्देलले बताए । धरानमा के–कति मेडिकल हल छन् रेकर्ड नै नभएकोले धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाले यसको रेकर्ड राख्न थालेको सिग्देलले बताए । यसलाई अझ प्रभावकारी ढंगले काम गर्नका लागि महाशाखाले धरानमा रहेका मेडिकल सेन्टरहरुको अनुगमन सुरु गरेको छ । 

धरानमा सञ्चालन भएका मेडिकल सेन्टरलाई स्वास्थ्य महाशाखामा दर्ता गराउँनकै लागि पनि अनुगमन सुरु गरिएको महाशाखाका प्रमुख सिग्देलको भनाई रहेको छ । आज धरानमा रहेका ११ वटा मेडिकल पसलहरुको अनुगमन गरिएकाे छ। अनुगमनको क्रममा ३ वटा पसलबाहेक अरुमा आधिकारिक लाइसेन्सवाला व्यक्ति नभेटिएको स्वास्थ्य महाशाखाका प्रमुख घनश्याम सिग्देलले बताए । धरानको चतरालाइनस्थित धनलक्ष्मी मेडिकल, परिसा फर्मा र छाताचोकमा अवस्थित लर्ड बुद्ध मेडिकलमा मात्र लाइसेन्सवाला व्यक्ति भेटिएको थियो । अन्य सबै मेडिकलहरुमा अनधिकृत व्यक्तिले औषधी बिक्री गरिरहेको पाइएको सिग्देलले बताए । 

अनधिकृत व्यक्ति भएका मेडिकललाई अनिवार्य लाइसेन्स लिने व्यक्ति बसेर मात्र औषधी बिक्री गर्न अनुगमन टोलीले पत्र थमाएको छ । अर्को पटक पनि अनुगमनमा आउदा लाइसेन्सवाला व्यक्ति नभेटिए कारबाही गर्ने जानकारी दिएको उनले बताए । अनुगमनमा स्वास्थ्य महाशाखाका प्रमुख सिग्देल, बरिष्ठ कविराज रामबाबु यादव, ईलाका प्रहरी कार्यालय धरानका प्रहरी निरिक्षक मेदनी प्रसाद साह र सुनसरी उद्योग वाणिज्य संघका प्रतिनिधिको सहभागीता रहेको थियो । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *