दुहबीमा सेनेटरि प्याड बनाउँने तालिम सुरु

मंसिर १६, दुहबी । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसर पारेर दुहवीमा जेसिजको आयोजना तथा दुहवी नगरपालिकाको संयोजनमा घरेलु सेनेटरि प्याड बनाउँने तालिम सुरु भएको छ । 

 

तालिमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि दुहवी नगरपालिकाका मेयर बेदनारायण गच्छदार, बिशिष्ठ अतिथि उपमेयर सुनिता दाहाल (साह) ले तालिमको सफलताको शुभकामना दिदैँ महिलाहरुको स्वास्थ्यमा प्रभाव पार्ने सेनेटरि प्याडको महत्वको बारेमा बताए । 

null

आजदेखि दुहवीमा सुरू  भएको तालिम दुहवीको १२ वार्ड १२ विद्यालय १२ दिने अभियानको रुपमा सामुदायिक विद्यालयका ८ कक्षा देखि १० कक्षा पढने विद्यार्थीहरुलाइ प्रशिक्षण दिइने दुहवी जेसिजकी अध्यक्ष कञ्चन झाले बताईन् । अध्यक्ष कञ्चन झाले सो तालिमलाइ प्रशिक्षक दिपिका भगतले प्रशिक्षण दिने समेत जानकारी दिईन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *