बालाजुमा टिपर पल्टियोः चिया बेचिरहेका श्रीमानको मृत्यु, श्रीमती घाइते

 

पुस १३, काठमाडौँ । काठमाडौँ बालाजु वाइपासमा टिपरले ठेलागाडालाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । 

शुक्रबार बिहानै माटो बोकेर धर्मस्थलीबाट माछापोखरीतर्फ गइरहेको ना ७ ख ७००५ नम्बरको टिपरले साढे ५ बजेतिर ठेलागाडालाई ठक्कर दिँदा ठेलागाडामा चिया बेचिरहेका एक व्यक्तिको मृत्यु भएको हो । मृत्यु हुनेमा धादिङको धुनीबेंसी गाउँपालिका वडा नम्बर ४ का ५० वर्षीय दलबहादुर विसङ्खे रहेका छन् । 

null

उपचारका क्रममा उनको मृत्यु भएको बालाजु प्रहरीले जानकारी दिएको छ। 

दुर्घटनामा उनकी ४८ वर्षीया श्रीमती सान्नानी विसङ्खे  र चिया खान आएका ग्राहक नुवाकोट ककनी गाउँपालिका वडा नम्बर ५ का ४८ वर्षीय प्रज्ञारत्न लामा गम्भीर घाइते भएका छन्। 

सान्नानीको उपचार त्रिवि शिक्षण अस्पतालमा भइरहेको छ भने उपचार ग्रिनसिटी अस्पतालमा भइरहेको छ। 

प्रहरीले ठक्कर दिने टिपरसहित यसका चालक सल्यानको शारदा नगरपालिका वडा नम्बर ५ का अमरसिंह विष्टलाई नियन्त्रणमा लिएको छ। 

टिपरको ठक्करबाट चार ट्याक्सीमा क्षति पुगेको प्रहरीले जनाएको छ। क्षति पुगेका ४ ट्याक्सीमध्ये एउटा ट्याक्सी भने पूर्णरुपमा क्षतविक्षत भएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *