जनकपुर आइपुगे योगी आदित्यनाथ, ड्रोन क्यामेराबाट सुरक्षा

 

मंसिर २६, काठमाडौँ । ऐतिहासिक तथा सांस्कृतिक विवाह पञ्चमीमा जन्तीका रुपमा प्रमुख अतिथि बनेका भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुर आइपुगेका छन् । 

योगी आदित्यनाथ आफ्‍नै निजी विमानमार्फत् अयोध्याबाट भगवान रामचन्द्रको जन्ती लिएर आएका हुन् । 

null

उनलाई पर्यटन मन्त्री रवीन्द्र अधिकारी, प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतसहितले स्वागत गरेका छन् । 

उनले जानकी मन्दिरमा पूजा आजा गरी झण्डै ६ घण्टा जनकपुरमा बिताउने छन् । 

उनको सुरक्षाका लागि बुलेट प्रुफ गाडीको व्यवस्था गरिएको छ भने दिवा भोजमा ३६ व्यञ्जनको प्रबन्ध गरिएको छ । 

योगीको सुरक्षाका लागि विशेष योजना बनाएको प्रहरीले जनाएको छ । उनको सुरक्षाका लागि ड्रोन क्यामेराले निगरानी गर्ने छ । 

योगीलाई सुरक्षा दिन प्रदेश २ सरकारले सुरक्षा व्यवस्था कडा पारेको छ। योगीको सुरक्षाका लागी २५ सय नेपाल प्रहरी, ७ सय सशस्त्र प्रहरी परिचानल गरिएको छ। ३ सय सैनिक परिचालन गरिएको छ र २ सय ५० जना सादा पोसाकका प्रहरी परिचालन गरिएको छ । 

प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज श्रीरामचन्द्र र सीताको पूजा आराधना गरी देशभर मनाइँदैछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =