निर्मलाका निम्ति न्यायः फेरि आन्दोलनका कार्यक्रम सार्वजनिक

मंसिर १६, काठमाडौँ । बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको न्यायका लागि फेरि आन्दोलनका कार्यक्रमहरु गरिने भएको छ । 

महेन्द्रनगरमा बसेको नागरिक संघर्ष समितिको बैठकले निर्मलाका न्यायका लागि चार दिने दबाबमुलक आन्दोलन गर्ने भएको हो । 

हत्या भएको चार महिना बितिसक्दा पनि सही तवरले छानविन नगरेको तथा दोषीलाई पहिचान गरी कारबाही गर्न नसकेका कारण दबाब दिन सोमबारदेखि आन्दोलन गर्न लागिएको हो । 

null

आन्दोलनका कार्यक्रम अन्तर्गत सोमबार र मंगलबार सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्ला प्रशासन कार्यालयको प्रवेशद्वारमा कालोपट्टी बाँधेर धर्ना दिइनेछ । 

यस्तै, बुधबार टर्च बालेर प्रर्दशन गर्ने, बिहीबार मानव साङ्लो बनाउने कार्यक्रम सार्वजनिक गरिएको छ। 

न्यायको खोजीमा निर्मलाको परिवार जिल्ला प्रशासन कार्यालयको प्रवेशद्धारमा गत २५ कार्तिक देखि अनिश्चितकालिन २४ घण्टे धर्नामा छ। 

यता काठमाडौँमा पनि निर्मलाका निम्ति न्याय माग्दै युवाहरुले प्रदर्शन गरिरहेका छन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *