इपिएल: रवि इन्दरको शतकमा भैरहवाको शानदार जित

 

मंसिर २३, काठमाडौँ । एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेटमा शरद भेषवाकरको कप्तानीमा रहेको भैरहवा ग्लाडीयटर्सले विजयी सुरुवात गरेको छ । 

काइल जेम्स कोट्जरको कप्तानीमा रहेको पोखरा राइनोजलाई ४ विकेटले पराजित गर्दै भैरहवाले जित हात पारेको हो । 

null

पोखराले दिएको २१६ रनको लक्ष्य पछ्याएको भैरहवाले १९ ओभर ४ बलमा ६ विकेट गुमाएर पुरा गर्यो । 

भैरहवाका लागि रवि इन्दर सिंहले सतक बनाए। उनले अविजित १ सय २५ रन जोडे। रविले ४७ बलमा शतक पूरा गरेका थिए। उनले बलमा १० छक्का र ८ चौका हिर्काए। त्यस्तै आरिफ शेखले २३ रन र पुनित मेहेराले अविजित १८ रन जोडे । 

पोखराका सुशन भारी, बिक्रम सोब र पल कोगलिङले समान २–२ विकेट लिए । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पोखराले पुरै २० ओभर खेल्दै ५ विकेट गुमाएर २१५ रन जोडेको थियो । जारी ईपीएलको यो सर्वाधिक ठुलो स्कोर हो । 

पोखराका लागि दक्षिण अफ्रिकन खेलाडी रिचर्ड लेभीले ७९ रनको अर्धशतकीय इनिङस खेले । विस्फोटक ब्याटिङ गरेका लेभीले ३६ बलमा ७ चौका र ७ छक्का प्रहार गरे । यस्तै केली जेम्स कोट्जरले ४७ रन जोडे भने सुनील धमलाले ३८ रन जोडे । 

जितसँगै भैरहवाले २ अंक जोडेको छ । भैरहवा साबिकको उपविजेता समेत हो । पोखराले भने हारबाट लिगको सुरुवात गरेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *