विवेकशील साझाकी प्रदेश संयोजक बास्कोटालाई अनुशासनको कारबाही

 

मंसिर २७, काठमाडौँ । विवेकशील साझा पार्टीकी प्रदेश नम्बर–३ की संयोजक समीक्षा बास्कोटालाई पार्टीले अनुशासनको उल्लंघन नर्गन सुझाव दिएको छ । 

बास्कोटाले कार्यक्रममा अनुशासन विपरित आचरण गरेको भन्दै उनलाई पार्टीको मर्यादामा रहन सुझाव दिइएको हो । 

null

न्याय तथा सुशासन आयोगले गत साउनमा बानेश्वरमा आयोजना गरेको जिल्ला संयोजक चयन कार्यक्रममा बास्कोटासहितका केही नेता–कार्यकर्ताले नेतृत्वको निर्णयप्रति विरोध जनाएका थिए । 

यस्ता घटना नदोहोरियोस् भन्ने हेतुले नेतृत्वदेखि कार्यकर्तासम्म नै सचेत गराइएको विवेकशील साझाले जनाएको छ । 

बानेश्वर घटनाको जिम्मेवारी प्रदेश ३ संयोजक बास्कोटाले लिनुपर्ने र उनले क्षमायाचना गर्नुपर्ने बताइएको छ । 

गत निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर–१ ‘क’ बाट प्रदेशसभाको उम्मेदवार बनेकी बास्कोटा कानुन व्यवसायी हुन्। केन्द्रीय सदस्य रहेकी बास्कोटालाई विवेकशील साझाले जेठ ४ गते प्रदेश नम्बर–३ को संयोजकमा चयन गरेको थियो। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 2 =