द भ्वाईस अफ नेपालमा हिजो के–के भयो त? अाज को–को आउँदै छन् ?

 

मंसिर १६, काठमाडौँ । नेपाली साँगितिक दुनियामा पछिल्ला समय एउटी मखमली आवाज अनि खारिएको सुर बहुतै चर्चा अनि रुचीमा रहेको पाइन्छ । नेपाल कै संगितमा पाश्र्व गायन अनि गजल गायनमा अग्रपक्तिंमा लिइने नाम हो अन्जु पन्त । 

यिनको गायन यात्रालाई हामी आज भन्दा २१ वर्ष अघि बिसं २०५४ सालको रेडियो नेपालको गायन प्रतियोगितासंग जोड्न चाहन्छौं जहाँ यिनले प्रथम पुरस्कार स्वरुप स्वर्ण पदक पाएकी थिइन् । १० लाख भन्दा धेरै फ्यानहरुले फलो गरेका सबैकी प्रिय गायिका अन्जु पन्त बास्तवमै नेपाली संगितका लागि स्वर्ण आवाज भएकी गायिका हुन् । 

null

‘मलाई बाँसुरी ले रुवायो’, न बिर्से तिमीलाई न पाँए तिमीलाईु, ‘तिमीले पराई ठानेपछि’, देखि पूर्व पश्चिम रेलु सम्म अन्जु पन्तका जनजिब्रोमा अमिट छाप छाडेका गीत हरु हुन् । उनका गीतको अनि गायकीको ब्याख्या गर्न यी शब्दहरु काफी छैनन तथापि हिजो साँझ द भ्वाईस अफ नेपालको मञ्चमा गेष्ट स्वरुप ‘नविर्सेँ तिमिलाइ नपाएँ तिमीलाइ’ बोलको गीतबाट आफ्नो प्रस्तुती प्रस्तुत गरेका थिए । 

पूर्व मेचीदेखि पश्चिम् महाकालीसम्म अनि नेपाली सीमा बाहिर जहाँ–जहाँ नेपाली छन् त्यहाँ–त्यहाँ छ प्रमोद खरेलका गीतको सादगीको असर । हिजोको कोच प्रमोदको ‘म बाँचेकै तिमीसंग माया लाउन’ प्रस्तुति कस्तो लाग्यो त ?सदावहार आवाज अनि लेजेन्डरी गीतका सर्जक दीपको आवाजमा झलमल्ल भएको द भ्वाइस अफ नेपालको मञ्चमा ‘कति कमजोर रहेछ भाग्य’ बोलको गीतबाट उपस्थीत भएका थिए । 

कोच प्रमोदका दुई दमदार आवाजहरुसृजय थपलीया र सुरेखा श्रेत्रीअनि कोच दीपका दुई दमदार आवाजहरुसि डि बिजय अधिकारी र राजु तामाङयि ४ मध्ये २ जनाको द भ्वाइसमा अन्तिम प्रस्तुति हुनेछ भनें २ जनाको द भ्वाइस अफ नेपाल बन्ने यात्रा अनि सपना थप अघि बढ्नेछ । ल है आफ्ना मनपर्ने आवाजलाई भोट गर्न तयार भएर बस्नुहोला, यो इपिसोड भ्वाइस अफ नेपालको युट्युव च्यानलमा हेर्न सकिन्छ । 

गत हप्ता टिम दिप र अभयाबाट २्/२ जना ट्यालेन्टले आफ्नो प्रस्तुती प्रस्तुत गरेका थिए।टिम दिपबाट : विवेक वाइवा लामा र सुवेक्षा ठकुरीटिम अभयाबाट  : श्रेया राई र विवेक लामाजस मध्ये टिम दिपवाट बिवेक वाइवा लामा र टिम अभयावाट श्रेया राई सेमिफाइनलमा प्रवेश गरेका छन् भने सुवेक्षा ठकुरी र विवेक लामाको द भ्वाइस अफ नेपालको यात्रा सकिएको छ । 

द भ्वाईस अफ नेपालमा को–को आउँदै छन् त आज ?द भ्वाईस अफ नेपालमा पछिल्लो दिन थप प्रतिस्पर्धा बढ्दै गएको छ । आजको श्रृखंलाबाट सेमिफाइनलको लागि टप आठ ट्यालेन्टहरु छानिनेछन् । देश तथा विदेशमा रहेका नेपाली दर्शकहरुको मन जित्दै आएको द भ्वाईसमा जतिजति प्रतिस्पर्धिको संख्या कम हुँदै गएका छन् द भ्वाईसको लोकप्रियता बढ्दै गएको छ । 

आज आइतबारको श्रृखंलामा कोच सनुपको तर्फबाट शैलेश्वरी र विद्या तिवारी र टिम अभायाको तर्फबाट अनु शाक्य र कुशल आर्चायले आफनो बोजेड प्रस्तुति प्रस्तुत गर्नेछन् । साथै आफना ट्यालेन्टहरुको हौसला बढाउनको लागि कोच अभाया र कोच पनि आफनो प्रस्तुतिका साथ देखिने छन् । साथै हरेक श्रृखंला झै यस श्रृखंलामा पनि नेपाली सांगितिक क्षेत्रका एक उज्वल ताराको प्रस्तुति पनि हेर्न पाइने छ । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *