सच्चा माताको ‘ब्लेसिङ’ प्रधानमन्त्री दम्पतीले नलिने

 

मंसिर १६, काठमाडौँ । विवादित एसिया प्यासिफिक समिटमा आइतबार दक्षिण कोरियाकी सच्चा माता हाक जा मुनले ब्लेसिङ दिने कार्यक्रम छ । 

प्रधानमन्त्री केपी शर्मा ओली दम्पतिलाई पनि यस कार्यक्रममा निम्ता गरिएको थियो तर प्रधानमन्त्री ओली दम्पति सहभागी हुने भन्ने हल्लासँगै विभिन्न टिका टिप्पणी र आलोचना बढेपछि प्रधानमन्त्री जोडी ब्लेसिङमा सहभागी नहुने भएका छन् । 

null

सेड्यूल अनुसार साढे ४ बजे प्रधानमन्त्री दम्पतीलगायत अन्य जोडीले माताबाट ब्लेसिङ लिने र मुन परिवारको सदस्य बन्ने उल्लेख थियो ।  

तर सोही कार्यक्रम अन्तर्गतको गुड गभर्नेन्सको सेसनमा भने प्रम ओलीले सम्बोधन गर्नेछन् । कार्यक्रममा कोरियाली माताले प्रधानमन्त्रीलाई ‘गुड गभर्नेन्स अवार्ड’ दिने तय भएको छ । 

चारैतिर चर्को विवाद उठेपछि कार्यक्रमको नाम नै परिवर्तन गरिएको छ । आयोजक यूनिभर्सल पिस फेडरेसन नेपालले ब्लेसिङको ठाउँमा ‘पीस एन्ड फेमिली फेस्टिबल सेरिमोनी’ नाम दिएको छ । 

प्रधानमन्त्री नै कार्यक्रममा उपस्थित नहुने भएपछि ब्लेसिङ लिने जोडीको संख्या घट्न सक्ने स्रोतको अनुमान छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *