रतुवामाईमा स्वास्थ्य वीमा सम्बन्धी अभिमुखिकरण

मंसिर २६, विराटनगर । रतुवामाई नगरपालिकामा स्थानिय तह, सरोकारवाला र स्वास्थ्यकर्मीहरुका लागि स्वास्थ्य वीमा सम्बन्धी एकदिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।  

स्वास्थ्य वीमा बोर्ड प्रदेश नं १ शाखा कार्यलय विराटनगरले आयोजना गरेको कार्यक्रममा स्वास्थ्य विमाको महत्व, प्रभावकारीता र लाभका विषयमा छलफल गरिएको थियो ।  

 

null

सो अबसरमा रतुवमाई नगरपालिकाका मेयर रविन राईले स्वास्थ्य वीमा सम्बन्धी जानकारी आ–आफ्नो क्षेत्रबाट सवै नगरवासीहरु समक्ष पुर्याउनु पर्ने बताए । उनले नगरमा स्वास्थ्य बीमा लागुभए पछि नगरवासीहरुलाई सहज हुने बताउदै सो कार्यक्रम सफल बनाउन सबैमा अनुरोध गरे ।  

कार्यक्रममा नेपाल कम्यूनिष्ट पार्टीका प्रदेश कमिटी सदस्य चन्द्रवीर राईले थोरै शुल्कमा गरिने सवास्थ्य विमाले वर्षभारी ५० हजार रुपैयाँ सम्मको स्वास्थ्य उपचार पाउने भएकाले यथासिघ्र मोरङमा पनि लागु गरिनुपर्ने बताए । कार्यक्रमलाई स्वास्थ्य बीमा बोर्डका सहजकर्ता खगराज पोखरेलले सहजीकरण गरेका थिए ।  

कार्यक्रममा रतुवामाई नगरपालिकाका प्रमुख रविन राई, प्रमुख प्रशासकिय अधिकृत मदन घिमिरे, स्वास्थ्य शाखाका संयोजक राजन पोखरेल नगरका राजनैतिक दलका प्रतिनिधी, सञ्चारकर्मी लगायतको उपस्थिति भएको थियो । हाल सम्म प्रदेश नं. १ का ६ जिल्लामा स्वास्थ्य वीमा कार्यक्रम लागु भइसकेको छ । २ जिल्लामा हुनेक्रममा छ भने अन्य ताप्लेजुङ, तेह्रथुम, उदयपुर, धनकुटा, पाँचथर र ओखलढुंगामा लागुहुन बाँकी छ । प्रदेश नं. १ मा हाल सम्म स्वास्थ्य विमा कार्यक्रम लागु भएका जिल्लामा करिव १५ लाख विमित भएका छन् ।  

लागु भएका जिल्लामा विमितको संख्या ५ दशमलव २ प्रतिशत छ । देशभरी स्वास्थ्य वीमा कार्यक्रम लागु भए यता ७ दशमलव ३७ प्रतिशत मात्र स्वास्थ्य वीमा भएको छ । नेपाल सरकारले सन २०२० सम्ममा ५० प्रतिशत र सन् २०३० सम्ममा १०० प्रतिशत स्वास्थ्य वीमा गर्ने लक्ष्य लिएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *