इपीएलः सुपर ओभरमा विराटनगरद्वारा पोखरा पराजित, अघिल्लो चरणको यात्रा पाेखरालाई कठिन

 

मंसिर काठमाडौं । एभरेष्ट प्रिमियर लिग (इपीयल) टी–ट्वान्टी क्रिकेटमा साविकको विजेता विराटनगर वारिवर्सले दोस्रो जित हात पारको छ । 

केली कोएट्जुको कप्तानीमा रहेको पोखरा राइनोजलाई सुपर ओभरमा ७ रनले पराजित गर्दै पारस खड्काको कप्तानीमा रहेको विराटनगरले मंगलबारको खेलमा दोस्रो जित निकालेको हो । लिगमा यो पहिलो सुपर ओभर हो । 

null

पोखराले दिएको ८५ रनको लक्ष्य पछ्याएको विराटनगरले १९ ओभर ३ बलमा अलआउट हुँदै ८४ रन जोडेपछि खेल सुपर ओभरमा गएको थियो । 

सुपर ओभरमा विराटनगरले २० रन जोड्दै २१ रनको लक्ष्य दिएको थियो । विराटनगरको लागि करण केसीले २० रन जोडे । जवाफमा पोखराले १३ रन मात्रै बनाउन सक्यो । 

दुई ओभरमै २ विकेट गुमाएको विराटनगरका लागि आसिफ शेखले १९ तथा करण केसीले १५ रन जोडे । यस्तै रोविन क्षेत्री र हरि चौहानले समान १२–१२ जोडे भने भान डेर मेर्वीले ११ रन जोडे । कप्तान पारस मात्र १ रनमा आउट भए । 

पोखराका विपिन खत्रीले ३ तथा सुसन भारी, बिक्रम सोब र पाउल कलीनले समान २–२ विकेट लिए । 

जितसंगै विराटनगरले २ खेलबाट ४ अंक जोडेको छ । पहिलो खेलमा ललितपुर प्याट्रीयट्सलाई पराजित गरेको विराटनगरले दोस्रो चरण पुग्ने सम्भावना बलियो बनाएको छ । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखराले पुरै २० ओभर खेल्दै ७ विकेट गुमाएर ८४ रन बनाएको थियो । 

खराब सुरुवात गरेको पोखराले मात्र १९ रन जोड्दा महत्वपूर्ण ४ विकेट गुमाएको थियो । सुरुवाती दुई खेलमा अर्धशतकीय इनिङस खेलेका रिचर्ड लेभी मात्र ३ रनमा आउट भए । यस्तै कप्तान कप्तान कोएट्जर ४ रनमा आउट भए । 

पोखराका लागि पाउल कलीनले सर्वाधिक २० रन जोडे । यस्तै राजेश पुलामी मगरले १७ रन जोडे । विराटनगरका पाउल भान मिकेरिनले ३ तथा भान डेर मेर्वीले २ विकेट लिए । 

पोखराको भने यो लगातार तेस्रो हार हो । तेस्रो हारसंगै पोखराको अर्को चरणको यात्रा कमजोर बनेको छ । पोखराको अर्को चरण गणितीय सम्भावना बाँकी रहेको छ । पोखरा पहिलो खेलमा भैरहवा र दोस्रो खेलमा ललितपुरसंग पराजित भएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *