चितवनमा ५२३ जनाको एचआईभी परीक्षण, पाँच जनामा पोजेटिभ

मंसिर १५, चितवन । चितवनमा तीन दिनमा ५२३ जनाको एचआईभी परीक्षण भएको छ । ५२३ जनाको एचआईभी परीक्षण भएकोमा ५ जनामा एचआईभी पोजेटिभ देखिएको छ । 

भरतपुर अस्पताल, जिल्ला जनस्वास्थ्य कार्यालय भरतपुरको संयोजनमा एएचएफ नेपालले चितवनका विभिन्न ठाउँमा रगत परीक्षण गरेको एएचएफ नेपालका चितवन संयोजक कृष्णहरि सापकोटाले जानकारी दिए । 

तीन दिनसम्म रत्ननगर, भरतपुर कारागार र भरतपुर अस्पताल रोडमा रगत परीक्षण गरिएको एएचएफका कर्मचारी धिरेन्द्र अधिकारीले जानकारी दिए । कारागारमा ३७३ जनाको एचआईभी परीक्षण गरिएको थियो । ३७३ जनामध्ये ३ जनालाई एचआईभी पोजेटिभ देखिएको एएचएफले जनाएको छ । 

null

मंगलपुरको पिटुसिटुमा रहेका २२ जना सडक बालबालिकाहरुको पनि एचआईभी परीक्षण गरिएको थियो । रत्ननगरको अस्पतालमा १२९ जनाको परीक्षण भएको थियो । 

भरतपुर अस्पताल रोडमा विभिन्न बुथ बनाएर गरिएको एचआईभी परीक्षणमा दुई जनामा पोजेटिभ देखिएको एएचएफले जनाएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *