मोवाईल फोनको बिग्रेको मेमोरी कार्डलाई यसरी ठिक गर्नुहोस्

 

पुस १० । आजभोली हरेकको हात–हातमा हुन्छ स्मार्टफोन अन्य मोवाईल भन्दा स्मार्टफोन धेरै नै सुविधा सम्पन्न हुन्छ । स्माटफोनमा मेमोरी कार्डको प्रयोग हुन्छ । जति स्मार्ट फोनमा सुविधा छ सँग–सँगै यसमा बिभिन्न समस्याहरु पाई आईरहन्छ । त्यस मध्येको एउटा समस्या हो मेमोरी कार्ड बिग्रीनु । 

स्मार्ट फोन प्रयोग गर्ने प्रयोगकर्ताहरुले मेमोरीमा आफुना बिभिन्न निजी फोटो अथवा महत्वपूर्ण डाटाहरु राखेका हुन्छन् । यदी त्यो मेमारीेकार्ड बिग्रियो भने त्यो मेमोरिमा भएको सबै डिलिट हुने हुन्छ । यस्तो बेलामा तपाईले आफ्नो खराब मेमोरी कार्डलाई कसरी ठिक गर्न सकिन्छ केहि टिप्स तल दिएका छन् । 

null

 कसरी ठिक गर्ने बिग्रेको मेमोरी कार्ड ? 

सबैभन्दा पहिलो यो ध्यान दिनुपर्दछ की करप्ट भएको मेमोरी कार्ड ठिक गर्न अधिकतम समयमा सहज छैन् । अधिकांश समयमा त्यसलाई फरम्याट गरेर मात्र ठिक गर्न सकिन्छ । तर यस्तो गर्दा तपाईको सम्पूर्ण डेटाहरु डिलीट हुनेछन् । 

मेमोरी कार्ड यसरी गर्नुस क्लिन 

सबैभन्दा पहिलो तपाईले आफ्नो बिग्रेको मेमोरी कार्डलाई कम्प्यूटर वा ल्यापटपसँग जोड्नुहोस् । यसको लागि केहि ल्यापटपमा कार्ड रिडरको प्रयोग गर्न सकिन्छ । यसपछि विण्डोजको स्टाटृ बटनमा क्लिक गरेर सर्च बक्समा जानुहोस् । 

अब त्यहाँ अंग्रेजीमा सीएमडी ‘cmd’ लेखेर इन्टर गर्नुस् । अब यहाँ तपाईँलाई मेमोरी कार्ड फरम्याट गर्नका लागि एक कमाण्ड टाइप गर्नुपर्ने हुन्छ । यसमा टाइप गर्नुस् (*: /fs:FAT32) यसपछि यहाँ तपाईँको मेमोरी कार्डको नाम देखिन्छ । 

उदाहरणको लागि यदि तपाईँले मेमोरी कार्डको नाम एबीसी राख्नुभएको छ भने त्यसमा पनि एबीसी लेखिएको देखिन्छ । त्यसपछि तपाईँले फेरी इन्टर बटन थिच्नुस्, त्यसपछि यसमा हो वा होईन भन्ने अप्सन आउँछ । र तपाईले हो भन्नेमा क्लिक गर्नुस् । 

तपाईले यसमा क्लिक गर्नुहुन्छ भने तपाईँको मेमोरी कार्ड फम्र्याट हुन शुरु हुन्छ । केहि सेकेण्डपछि तपाईँको मेमोरी कार्ड फरम्याट भएर खाली हुनेछ । जसलाई तपाईले पुन प्रयोग गरेर आफ्ना डाटाहरु सुरक्षित गर्न सक्नुहुन्छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *