अपांग संघले घेर्यो कांग्रेस कार्यालय, यस्ता छन् मागहरू

मंसिर १६, काठमाडौँ । राष्ट्रिय लोकतान्त्रिक अपांग संघले काँग्रेस केन्द्रिय कार्यालय सानेपा घेराउ गरेको छ । 

नेपाली काँग्रेसमा आवद्ध राष्ट्रिय लोकतान्त्रिक अपांग संघले पार्टीका सबै तहमा आफूहरुको प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै काँग्रेस कार्यालय घेराउ गरेका हुन् । 

अपांग संघका नेता, कार्यकर्ताले आइतबार बिहान पार्टी विधान संशोधन मस्यौदा समितिले तयार पारेको मस्यौदाप्रति आपत्ति जनाउँदै धर्ना दिएका छन् । 

null

पार्टी केन्द्रीय कार्यालयमा जारी कांग्रेस केन्द्रीय कार्य समिति बैठकमा विधान मस्यौदा समितिको प्रतिवेदनमाथि छलफल भइरहेका बेला आफूहरुको माग सम्बोधन गराउन पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना दिएको हो । 

धर्नाका क्रममा उनीहरुले कांग्रेस सभापति शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाउँदै आफूहरुको प्रतिनिधित्व पार्टीका सबै निकायमा हुने व्यवस्था विधानमै गर्न माग गरेका थिए । 

संघले पार्टी केन्द्रीय कार्यालयमा वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, प्रवक्ता विश्वप्रकाश शर्मा, युवा नेता गगन थापालगायतका नेताहरुलाई पनि पार्टीको सबै निकायमा आफूहरुको प्रतिनिधित्व सुनिश्चित गर्न माग गरेका थिए । माग पूरा नभए आमरण अनसन बस्न बाध्य हुने पनि संघले चेतावनी दिएको छ । 

संवैधानिक व्यवस्था अनुसार पनि पार्टीका सबै तहमा आफूहरुको प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने माग गर्दै पार्टी केन्द्रीय कार्यालयमा धर्ना दिनु परेको संघका अध्यक्ष भोजराज श्रेष्ठले जानकारी दिए । 

यसैबीच, नेपाली कांग्रेसका युवा नेता गगन थापाले पार्टीको सबै तहमा राष्ट्रिय लोकतान्त्रिक अपांग संघको माग अनुसार प्रतिनिधित्व सुनिश्चित गर्न सभापति शेरबहादुर देउवासँग माग गरेका छन् । 

संघले पार्टीको प्रस्तावित ८ वटै तहमा आफूहरुको कम्तीमा पनि २ प्रतिशत प्रतिनिधित्व हुुनुपर्ने माग राखेर धर्ना सहितको दवाव आन्दोलन सुरु गरेको हो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *