ए डिभिजन लिगः जाउलाखेललाई हराउँदै मनाङ लिगको शीर्ष स्थानमा

मंसिर १९, काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत बुधबारको खेलमा मनाङ मस्र्याङ्दी क्लबले जित हात पारेको छ । 

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको पहिलो खेलमा जाउलाखेल युथ क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै जित हात पारेको हो । जितसँगै मनाङ मस्र्याङ्दी क्लब लिगको छैँटौ स्थानमा प्रवेश गरेको छ । 

टिमलाई जित दिलाउन अन्जन विष्टले एक गोल गरे । उनले खेलको दोस्रो हाफमा पेनाल्टीमार्फत गोल गर्दै टिमलाई जित दिलाएका हुन् । 

null

खेलको ६२ औँ मिनेटमा मनाङका अडेलाजालाई डिबक्स एरियामा जाउलाखेलका खेलाडीले लडाएपछि मनाङले पेनाल्टी पाएको थियो । त्यही पेनाल्टीलाई सदुपयोग गर्दै मनाङका अन्जनले गोल गरेका थिए । 

खेलमा अन्जन म्यान अफ द म्याच घोषित भए । यस जितसँगै मनाङ छ खेलबाट १८ अङ्क जोड्दै लिगको शीर्ष स्थानमा छ । यता पराजित भएको जाउलाखेल चार अङ्कका साथ लिगको एघारौँ स्थानमा छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *