‘अध्यादेश तत्काल फिर्ता लिएर जानोस्, तीनै तहको ऐन ल्याउनोस्’

पुस १३, काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका युवानेता तथा सांसद गगनकुमार थापाले कर्मचारी समायोजन अध्यादेश फिर्ता गर्न माग गरेका छन् । 

शुक्रबारको प्रतिनिधिसभा बैठकमा विशेष समयमा बोल्दै सांसद थापाले कर्मचारी समायोजन अध्यादेश फिर्ता लिन सरकारसँग माग गरेका हुन् । कर्मचारी अध्यादेश फिर्ता लिए कर्मचारी समस्या समाधान गर्न काँग्रेसले सहयोग गर्ने बताए । 

रातारात काम गरेर भएपनि संसदबाट तीनै तहका निजामती ऐन पारित गरेर लैजानुपर्ने बताउँदै सांसद थापाले भने, ‘अध्यादेश फिर्ता लिएर जानोस् तत्काल तीनै तहको ऐन ल्याउनुहोस् । संसदमा रातारात काम गरौं । कर्मचारीको समस्या समाधान गर्ने कुरामा सरकारसँग मिलेर काम गर्ने प्रस्ताव राख्छौं। हामी मिलेर अघि बढ्न तयार छौँ ।’ 

null

त्यस्तै उनले सरकारको विकास गर्ने तरिकालाई ‘नाच्न नजान्ने आँगन टेडो’ भन्ने उखानसँग तुलना गरेका छन् । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबारको प्रतिनिधिसभामा सत्तारुढ लोकतान्त्रिक प्रणाली छिटोछिटो विकास हुने प्रणाली होइन भन्दै दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै गगन थापाले उक्त उखानसँग तुलना गरेका हुन् । 

‘दुई दिन अगाडी नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षले यस सदनमा भन्नुभयो लोकतान्त्रिक प्रणाली छिटोछिटो विकास हुने प्रणाली होइन । नाच्न नजान्ने आँगन टेडो यस्तोलाई भनिन्छ । हुन त सरकारले चलाएको कामको ढंग नपुगेपछि यस्तो कुतर्क गर्न हामी बाध्य हुन्छौँ’, उनले भने । 

उनले सरकारले गरेको कामको ढंग नपुगेको तर्क गर्दै कामको कर्मचारी समायोजन अध्यादेश, सिंहदरबार, प्रदेश स्थानीय तह लगायत सबैतिरका कर्मचारीहरु आन्दोलनमा रहेको बताए । उनले भने, ‘सबै तहका कर्मचारीहरु आन्दोलनमा छन् । देउवा सरकारले बनाएको कर्मचारी समायोजन ऐन कार्यान्वयन भएको भए यस्तो अवस्था आउँदैनथ्यो।’ 

त्यस्तै थापाले जिम्मेवार मन्त्रीले पनि सुझबुझ विना अध्यादेश उनको आरोप थियो । केही व्यक्तिको स्वार्थमा अध्यादेश ल्याइएको थापाको भनाई छ। 

‘एउटै खालका कर्मचारी भर्ना हुँदा एउटा मुख्य सचिवसम्म बन्न सक्ने अर्को चाही जहाँ कि त्यही रहनेरु’ थापाले प्रश्न गर्दै भने,‘अध्यादेश फिर्ता लिएर जानुस्। तीनै तहको ऐनहरु बनाउनुस्। सरकारसँग मिलेर काम गर्नेछौं। 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *