श्रमिकको भविष्यमाथि खेलवाड गर्नेलाई उन्मुक्ति दिइँदैन: गोकर्ण विष्ट

 

पुस ३, काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्टले वैदेशिक रोजगारीमा विद्यमान रहेका विकृति, विसंगति तथा अपारदर्शीताले निरन्तरता नपाउने बताएका छन् । 

१८ औँ विश्व आप्रवासन दिवसका अवसरमा वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले मंगलबार राजधानीमा आयोजना गरेको ‘वैदेशिक रोजगारीः अबको बाटो’ अन्तक्र्रिया कार्यक्रममा बोल्दै मन्त्री विष्टले यस्तो बताएका हुन् । ‘वैदेशिक रोजगारीमा विद्यमान रहेका विकृतिहरुलाई कायमै राखेर लाखौँ श्रमिकहरुको जिन्दगीलाई धरापमा पर्न दिन्न’, उनले भने । 

null

कार्यक्रममा उनले वैदेशिक रोजगारीमा गैरकानुनी रुपमा काम गर्ने तथा श्रमिकलाई लुट्ने कुरा कुनै पनि हालतमा स्वीकार्य नहुने भन्दै आम जनताको हितमा सुधार गरिने काम रोक्न कुनै पनि प्रकारका अदृश्य शक्तिका प्रयत्नको कुनै औचित्य नहुने बताए । 

आन्तरिक श्रम बजारभित्र युवालाई उद्यमीसँगै स्वरोजगार बनाउनका लागि योजनाबद्ध रुपमा काम अघि बढेको मन्त्री विष्टको दाबी थियो । 

रोजगारीका नाममा श्रमिकको भविष्यमाथि खेलवाड गर्ने जोसुकैले पनि उन्मुक्ति नपाउने भन्दै मन्त्री विष्टले भने, ‘वैदेशिक रोजगारीमा जाने कामदारको श्रम बेचेर राज गरिरहेकाहरुले यो क्षेत्रमा परिवर्तन हुन नदिनका लागि ठूलो चलखेलसँगै षड्यन्त्र गरिरहेका छन्। वैदेशिक रोजगारीमा राज गरिरहेका विचौलियाको अन्त्य हुन्छ ।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *