आज २.७ अंकले नेप्से उकालो लागेर बन्द

मंसिर २०, काठमाडौँ । आज बिहिबार कारोबारको अन्तिम दिन नेप्से २ दशमलव ७ अंकले उकालो लागेर बन्द भएको छ ।
कारोबारमा आज आएको १६२ कम्पनीको १३ लाख ७४ हजार ३ सय ४६ कित्त सेयर बाट ३७ करोड ९ लाख ७१ हजार ९ सय ३६ रुपैयाको कारोबार भएको छ । सबै भन्दा धेरै आज लाइफ इन्स्योरेन्स समुहले कमाई गरेको छ । लाइफ इन्स्योरेन्स समुहले आज ४४ दशमलव ०७ अंकले उकालो लागेको हो ।
कारोबारमा आएको जलविधुत र उतपादनमुलक समुह बाहेक अरु सबैँ समुहले आज कमाई गरेका छन् । जलविधुत समुह ९ दशमलव ८१ अंकले र उत्पादनमुलक समुह २ दशमलव ६२ अंकले आज ओरालो लागेको हो ।
null
आज न्नलाइफ इन्स्योरेन्स समुह ३५ दशमलव ५९ अंकले, विकास बैँक समुह ३ दशमलव ३१ अंकले,बैँक समुह २ दशमलव ५५ अंकले,अन्य समुह ० दशमलव ८७ अंकले, फाइनान्स समुह ० दशमलव ७९ अंकले, होटल समुह ० दशमलव ६५ अंकले, लघुवित्त समुह ० दशमलव ५४ अंकले उकालो लागेको छ ।








