मृत्यु भएको २ महिना पछी मात्र शव नेपाल ल्यायो

पुष ३, बेझाड । धन कमाउन विदेश पलायन भएका चापाकोट नगरपालिका– ७ केवलघारीका ३८ वर्षका गणेश गैरेको शव दुई महीनापछि नेपाल भित्रिएको छ । 

आठ महीनाअघि उनी कतार गएका थिए । कतारमा गाडी चालकको रुपमा काम गर्दै गैरे गत कात्तिक २ गते गाडीभित्रै मृत अवस्थामा भेटिएको मृतकका आफन्त शङ्कर पोखरेलले बताए । 

कम्पनीले शव नेपाल ल्याउने प्रक्रियामा आलटाल गरेकाले गैरेको शव नेपाल ल्याउन ढिला भएको हो । सोमबार चापाकोट नगरपालिका– ७ को साँखरस्थित कालीगण्डकी किनारमा गैरेको दाहसंस्कार गरियो । 

null

बिदाका समयमा गैरेको मृत्यु भएका कारण कम्पनीले खर्चमा कुनै पनि सहयोग नगरेपछि शव नेपाल ल्याउन समस्या परेको आफन्तले जनाएका छन् । गैरेका श्रीमती, दुई छोरी र एक छोरा छन् । उनको निधनले गाउँ नै शोकमा डुबेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *