घरेलुमैदानमा वाट्फोर्डलाई निराश बनाउँदै अघि बढ्यो सिटी

एजेन्सी। इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले वाट्फोर्डलाई २–१ ले हराएको छ । लिग अन्तर्गत मंगलबार राति भएको खेलमा शीर्ष स्थानको म्यानचेस्टर सिटीले जित यो जितसँगै लिभरपुलसँग ५ अंकको दूरी बनाएको छ । 

 

वार्डफोर्डलाई आफ्नै मैदानमा निराश बनाउन लिरोय साने र रियाद महरेजले गोल गरे । घरेलुटोलिका लागि एब्दुलायी दुकुरले एक गोल फर्काए । 

null

पहिलो हाफको अन्त्यतिर गोल गर्दै १–० को अग्रता बनाएको सिटिले दोश्रो हाफको सुरुमै अग्रता दोब्बर बनायो । ४० औँ मिनेटमा साने र ५१ औँ मिेटमा महरेजले गोल गरे । 

 

तर खेलको ८५ औँ मिनेटमा वाट्फोर्डका लागि दुकुरले गोल गरे पनि त्यसपछि गोल थप्न सकेन हार स्विकार्न बाध्य भयो । जितपछि सिटीको १५ खेलबाट ४१ अंक भएको छ । एक खेल कम खेलेको लिभरपुलको ३६ अंक छ । २० अंकसहित वाट्फोर्ड १५ औँ स्थानमा छ । 

 

मंगलबार राति नै भएको खेलमा बोर्नमाउथले हडल्र्सफिल्ड टाउनलाई २–१, ब्राइटनले क्रिष्टल प्यालेसलाई ३–१ तथा वेष्ट ह्यामले कार्डिफलाई पनि ३–१ ले नै हरायो । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *